भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२ मंसिर, काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले केहीदिन अघि मात्र आफ्नो ६३ औं जन्मदिन मनाए । राजधानीको एक क्याफेमा जन्मदिन भब्यताका साथ मनाएका हरिवंश अहिले महसञ्चारले फाट्टफुट्ट निर्माण गर्ने टेलिश्रृंखला र केही टिभिसीहरुमा व्यस्त छन् । दैनिकजस्तो व्यस्त जीवन बिताउने सबैका प्रिय हास्यकलाकारको खानपान चाँही कस्तो छ त ?
हास्यकलाकार आचार्यले एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा आफूलाई चिकेन मिसिएको भेज आइटम मनपर्ने बताए । श्रीमती रमिला र उनीसँगै लिइएको अन्तर्वार्तामा शुरुमा श्रीमतीले आफूलाई भेज आइटमहरु मनपर्ने बताउँछिन् । सँगै बसेको हरिवंशले बिचमै थपिहाल्छन, ‘म पनि भेज आइटममै जोड गर्छु तर भेजमा चिकेनहरु पनि हाल्या हुनुपर्छ ।’
हरिवंश खानेकुराको बेइज्जत नहोस् भन्ने चाहन्छन् । खानुपर्ने कुराहरु जसरी खानुपर्ने र खाइराखिएको हो त्यसैगरी खानुपर्छ उनलाई । चिल्लो पिरो चटक्क परेको खानेकुरा पाए हरिवंश खुसी हुने उनकी श्रीमती रमिला बताउँछिन् । हरिवंशको खानेकुराहरुमा आफूले ध्यान दिने गरेको रमिलाको भनाइ छ । ‘काउली पकाउँदा काउलीजस्तो हुनुपर्छ, नखाउली जस्तो हुनुहुँदैन,’ हरिवंशले ठट्टा गर्दै थपे ।

हरिवंशलाई जे पकाएर दिए पनि खाने बताउँछन् । खाँदा एक सिता भात पनि खेर नजाओस् भनेर आफूले खाना खाने गरेको हरिवंशको बानी छ । हरिवंश आफूलाई मननपर्ने तरकारी वा अरु केही खानेकुरा छ भने त्यो शुरुमा खाइहाल्छन् र मिठो लाग्ने खानेकुरा भने अन्तिममा खानेगर्छन् । हरिवंशलाई धेरै खानेकुरा खाँदा कहिलेकाँही नपच्ने समस्या रहेका छन् । हरिवंशलाई मःम पनि असाध्यै मनपर्छ । तर आजकल भने स्वास्थ्यको कारण मःम खान एकदमै कम भएको श्रीमतमी रमिला बताउँछिन् ।
स्वास्थ्यलाई नै खानेगरी खानेकुराहरु नखान हरिवंशको सुझाव छ । ‘खान हुने कुराहारु सबै खाउँ तर लिमिटमा खाउँ ।’ हरिवंश भन्छन् । बिहान दाल, भात खाएता पनि हरिवंशको घरमा बेलुका भने एकदमै हलुका खानेकुराहरु खाने चलन छ । बेलुकी घरमा भात नै नपाक्ने उनले बताए । ‘साँझ फ्रिज खोल्दा जे पाउछौँ, त्यही खान्छौं’, उनी भन्छन, ‘कहिले एउटा वा दुईवटासम्म रोटी बनाएर खान्छौं त गर्मी महिनामा सलादहरु खााएर सुत्छौं ।’
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qZ6WEW
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

