भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२ मंसिर, काठमाडौं । राजतन्त्रको अन्त्य भएसँगै नेपालका अन्तिम राजा ज्ञानेन्द्र विरविक्रम शाहदेव अहिले नागार्जुन बस्दै आएका छन् । २०६३ बैशाख ११ गते राजाले आफ्नो नाममा लिएको शासनसत्ता जनतालाई सुम्पेका थिए ।
राजा ज्ञानेन्द्रका हरेक गतिविधिलाई राज्यले निगरानी गरिराखेका छन् भने सर्वसाधारणले पनि उनको गतिविधिलाई चासो दिइरहेका हुन्छन् । पछिल्लो समय उनी मन्दिरहरुको भ्रमणमा देशका विभिन्न स्थानहरु गइरहेका छन् ।

सधैँजसो मन्दिरमा गइरहने पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित एक नाइट क्लबमा पुगेर नाचगान गरेका छन् । उनी नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ । उनी नाइट क्लबमा नाचेपछि हास्यकलाकार एवं चलचित्र निमार्ता दीपकराज गिरीले पूर्वराजा ज्ञानेन्द्रलाई पाठशालाको संज्ञा दिएका छन् ।

उनले सामाजिक सञ्जालमा ज्ञानेन्द्र नाचेको तस्बिर राख्दै उनले जिन्दगी बॉच्ने कला ज्ञानेन्द्रले भन्दा बढि कस्ले सिकाउन सक्छ भन्दै भावुक स्टाटस लेखेका छन् । साथै उनले अगाडि लेखेका छन्, ‘बैचारिक कारण राजा ज्ञानेन्द्र कहिल्यै मन परेन मलाई, तर ब्यक्ति ज्ञानेन्द्र चाहि स्वयं एउटा पाठशाला हो, सबै कुरा गुमाउदा पनि यो मुस्कान , यो स्वच्छन्दता ।’
ठमेलस्थित क्लब लर्ड अफ ड्रिङ्स (एलओडी)मा पुगेर परिवारसहित उनले रमाइलो गरेका हुन् । उनको साथमा बुहारी हिमानी र छोरी प्रेरणा पनि क्लब पुगेका थिए । हात हल्लाउँदै नाचिरहेका पूर्व राजा शाह बेलाबेला तल रहेका मानिसलाई नमस्कार गर्छन् र बेलाबेला हात पनि हल्लाउँछन् ।

क्लबमा ज्ञानेन्द्रले थुप्रै तस्वीर पनि खिचाए । एलओडीले फेसबुकमार्फत सार्वजनिक गरेको तस्वीर र भिडियोमा पूर्वराजा ज्ञानेन्द्र र परिवारले गरेको रमाइलो देख्न सकिन्छ ।


from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/35faTUu
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

