Loading...
Loading...
द भ्वाइस अफ नेपालः छानिए ४ जना फाइनलिस्ट, ग्राण्ड फिनाले नेपालमै हुने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१४ मंसिर, काठमाडौं । विश्वको नम्बर एक रियालिटी शोको नेपाली संस्करण ‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनाले नेपालमै हुने भएको छ । शुक्रबार भएको टेलिभिजन कार्यक्रममा यस विषयको जानकारी गराइएको हो । शुक्रबार शो ले फाइनलिस्ट पनि पाएको छ । पूर्णतया भोटिङको आधारमा भएको निर्णयमा चारजना फाइनलमा पुगेका छन् । ४ वटा टीमबाट ४ जना फाइनलमा पुगेका हुन् ।

फाइनलमा पुग्नेहरुमा टीम प्रमोदबाट राम लिम्बु, टीम आस्थाबाट सनिश श्रेष्ठ, टीम दीपबाट बिकास लिम्बु र टीम राजुबाट आरिफ रौफ रहेका छन् । हिजो राति भएको लाइभ कार्यक्रममा उनीहरुमध्ये को फाइनलमा जाने भन्ने निर्णय सुनाइएको थियो । शुक्रबार भएको शोमा प्रमोद खरेलको टीममा मेचु धिमाललाई पछि पार्दै राम लिम्बु ग्राण्ड फिनालेमा पुगेका हुन् भने आस्था राउतको टीमबाट यांकी याल्मोलाई पछि पार्दै आरिफ रौफ अघिल्लो राउण्डमा छानिएकी हुन् । त्यसैगरी राजु लामाको टीमबाट सनिश श्रेष्ठ र दीपा शर्मा प्रतिस्पर्धामा थिए भने दीप श्रेष्ठको टीममा बिकास लिम्बु र सञ्जय महत र्‍याकुल रहेका थिए । उनीहरुमध्येबाट हरेक टीमको कम भोट आएको आधारमा प्रतिस्पर्धीहरु बाहिरिएका हुन् ।

पहिलो सिजनको ‘द भ्वाइस अफ नेपाल’को फाइनल कतारको राजधानी दोहामा गरिएको भएता पनि यो वर्षको फाइनल भने राजधानीको बौद्धमा रहेको हायात होटलमा हुने भएको छ । मंसिर २१ गते हुने फिनालेमा टप १२ जनाले आफ्नो प्रस्तुती दिनेछन् । करिब ३ घण्टा चल्ने फिनालेमा देशका दिग्गज कलाकारहरुको सहभागी हुँदैछन् । अर्को साता हुने फाइनलको लागि प्रतिस्पर्धीहरुले आफ्नो लागि भोट माग्न शुरु गरिसकेका छन् । ग्राण्ड फिनालेमा सहभागी हुनको लागि सर्वसधारणले टीकट काटेर जानुपर्ने हुन्छ । टीकट प्रभु पे बाट काट्न सकिनेछ ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/34CBcEe
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.