Loading...
Loading...
भ्वाइस अफ नेपालमा इतिहास दोहोरियो भने यी प्रतियोगीको भाग्य बन्ने छ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

गायन रियालिटी शो द भ्वाइस अफ नेपाल(The voice of Nepal) अन्तिम चारमा पुगेको छ। आरिफ रौफ, राम लिम्बु, बिकास लिम्बु र सनिश श्रेष्ठ गरि चार प्रतियोगी टप चारमा पर्न सफल भएका छन् । उनीहरु चारै जना दर्शकहरुको भोटका आधारमा टप चारमा पुगेका हुन्। 

आरिफ रौफ टिम आस्था राउत, राम लिम्बु टिम प्रमोद खरेल, बिकास लिम्बु  टिम दीप श्रेष्ठ र सनिश श्रेष्ठ टिम राजु लामाको प्रतिनिधित्व गर्दछन् । 

यी चारै जना प्रतियोगी शो को शुरुवात देखि नै दर्शक तथा कोचहरुको आँखा परेका थिए। टप चारमा पुगेका राम लिम्बुलाई भने कोच प्रमोद खरेlले ‘स्टिल’ गरेका थिए। प्रमोदले राम लिम्बुलई टिम दीप श्रेष्ठबाट ‘स्टिल’ गरेका थिए।

रमाइलो पक्षको के छ बने भ्वाइस अफ नेपालको पहिलो सिजन पनि स्टिल गरेका प्रतियोगी नै बिजयी बनेका थिए। यसपटल पनि स्टिल गरेका एक प्रतियोगी फाइनल अर्थात टप चारमा पुगेका छन्। 

के इतिहास दोहोरियला ?

भ्वाइस नेपालको पहिलो सिजनमा कोच दीप श्रेष्ठले अर्का कोच प्रमोद खरेलबाट एक प्रतियोगी ‘स्टिल’ गरेका थिए। अन्त्यमा स्टिल गरिएका प्रतियोगी सिडी बिजय अधिकारीले उपाधी जिते।

यसपटक कोच प्रमोद खरेल बद्ला लिने मुडमा देखिन्छन्। उनले कार्यक्रमै भनेका थिए जसरी अघिल्लो सिजनमा दीपले स्टिल गरेका प्रतियोगीले उपाधी जिते त्यसैगरि यसपटक आफूले स्टिल गरेका राम लिम्बुले उपाधी जित्दछन् भनेर।  इतिहासले आफूलाइ दोहोर्यो भने प्रमोद खरेलले सत्य सावित हुने छन्। अनि ‘स्टिल’ गरिएका प्रतियोगी राम लिम्बु पनि कमजोर देखिन्न् ।

चार प्रतिष्पर्धीमा को कस्ता ?

फाइनलमा पुगेका चारै जनाका खास विशेषता छन्। आरिफ रौफको बेस भएको शान्दार आवाज छ, राम लिम्बु मिठो आवाजमा रकिङ लाग्दछन् भने बिकास लिम्बु भर्सटाइल मानिन्छन् । यसै गरि सनिश श्रेष्ठ आफ्नै किसिमको गायनबाट चर्चा बटुलिसकेका छन् । 

फाइनल कडा टक्कर हुने देखिएको छ तर भोटले नै सबै कुरा निर्धारण गर्ने छ। आगामी शनिवार हुने ग्राण्ड फिनालेबाट द भ्वाइस अफ नेपाल सिजन २ को उपाधि बिजेता चुनिनेछन् ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/33t570s
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.