Loading...
Loading...
नेपाल आइडलमा नयाँ जज !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

४ कात्तिक, काठमाडौं । चर्चित गायन रियालिटी सो नेपाल आइडलको तेस्रो सिजन छिट्टै शुरु हुँदैछ । अघिल्ला दुई सिजनको सफलतापछि एपिवान टेलिभिजनले सोको तेश्रो संस्करण ल्याउँदैछ ।

सोको काठमाडौं बाहेकका अडिसनहरु भइसकेको छ । पोखरामा ३१ भदौ, बुटवलमा ३ असोज, नेपालगञ्ज ६ असोज, वीरगञ्जमा १० असोज, विर्तामोडमा १४ असोजमा अडिसन भएको थियो । अब नेपाल अडिसनको काठमाडौं अडिसन कात्तिक ६ गते काठमाडौं अडिसन हुँदैछ । नेपाल आइडलको यसपटकको स्लोगन ‘संगीतको शिखर’ राखिएको छ । शो मा सहभागी हुनको लागि १६ वर्षदेखि ३० वर्षसम्म उमेर हुनुपर्नेछ । यसका साथै दुई प्रति फोटो र उमेर खुल्ने परिचयपत्र पनि साथमा लिएर आउनुपर्ने आयोजकले जनाएको छ ।

नेपाल आइडलको चर्चा शुरु हुँदैगर्दा कार्यक्रमको जज परिवर्तन हुने वा नहुने बारेमा दर्शकमा कौतुहलता छ । यस विषयमा कार्यक्रम निर्माण टीमले यसअघि नै खुलासा गरिसकेको छ । कार्यक्रमको निर्माण गर्ने एपिवान टेलिभिजनले सोको जज परिपर्वन नहुने जानकारी गराइसकेको छ ।

त्यसअघि भएका अडिसनहरुमा पनि अघिल्ला दुई सिजनकै जजहरु संगीतकार न्ह्यू बज्राचार्य, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी थिए । भदौदेखि शुरु भएको अडिसनमा तीन जजहरुले जजमेन्ट गरेका थिए, अन्य अडिसनमा पहिलाका तीन जजहरु भएका कारण पनि अबको अवस्थामा पनि उनी तीन जजहरु रहने बुझिएको छ ।

नेपाल आइडलमा जज परिवर्तनको चर्चा बाहिर आउनुको कारण भनेको अर्को लोकप्रिय रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोचहरु परिवर्तन हुनु हो । दोश्रो सिजनको भ्वाइस अफ नेपालले पहिलो सिजनका दुई कोचहरु सनुप पौडेल र अभया सुब्बालाई हटायो । अहिले उनीहरुको स्थानमा गायक राजु लामा र आस्था राउत ल्याइएको छ । शोको टीमले पहिलो सिजनभन्दा केही फरकपन ल्याउनको लागि भन्दै कोचसहित शोको अन्य फरम्याटहरु पनि परिवर्तन गरेको थियो ।

यसअघि आइडलकै भारतीय फ्रेन्चाइजी इन्डियन आइडलको ११ औं सिजनसम्म आइसक्दा पनि कैयौँपटक शोका जजहरु परिवर्तन गरेको थियो । १० औं सिजनमा सोका जज अनु मलिकमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि टेलिभिजनले उनलाई सिजनको बीचमै जजप्यानलबाट हटाएको थियो । मलिकमाथि मि टु अभियान अन्तर्गत केही गायिकाहरुले उनलाई यौन व्यभिचारको आरोप लगाएका थिए । तर अहिले ११ औं सिजनमा भने अनु मलिकलाई पुनः जजको रुपमा भित्र्याइएको छ ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2VWo35E
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.