भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

७ कात्तिक, काठमाडौं । चर्चित र्यापर भिटेन उर्फ समिर घिसिङको पनि दुर्गेस थापाकै हालत भएको छ । बिहीबार पक्राउ परेसँगै प्रहरीले गीत हटाउन दबाब दिएपछि भिटेनले ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीत युट्युबबाट हटाएका हुन् ।

प्रहरीले गीतमा प्रयोग भएका शब्द र फेसबुकमा राखेको प्रहरीको तस्बिरको आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनलाई अभद्र व्यवहारको मुद्दा चलाउन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ । प्रहरीले मुद्दा चलाउनको लागि ललितपुर पठाएसँगै उनको जेलको बास हुने भएको छ ।
प्रहरीले मुद्दा चलाउनको लागि महानगरीय प्रहरी वृत्त जावलाखेल पठाएसँगै उनलाई भोलि प्रहरीले अदालतमा पेश गर्नेछ । अनुसन्धानको लागि म्याद थपिएमा उनी २५ दिनसम्म प्रहरी हिरासतमै बस्नुपर्ने पनि हुनसक्छ ।
यसअघि दुर्गेस थापाको गीतमा पनि देशमा प्रतिबन्धित लागूऔषध र मदिराको प्रचारप्रसार गरेको र तिहारमा यस्ता पदार्थहरु खानको लागि प्रोत्साहित गरेको भन्दै उनको गीत पनि युट्युबबाट हटाउन लगाइएको थियो । त्यसलगत्तै उनले युट्युबबाट गीत हटाई केही शब्दहरुमा बिप लगाएर पुनः सार्वजनिक गरेका थिए ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2MKON5S
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

