भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

७ कात्तिक, काठमाडौं । गीतमा अश्लिल शब्द प्रयोग गरेको र प्रहरीको बर्दीको गलत प्रयोग गरेको भन्दै पक्राउ परेको समिर घिसिङ उर्फ भिटेन अहिले प्रहरी हिरासतमा छन् । बिहीबार उनलाई लतिपुरको झम्सिखेलमबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

प्रहरीले उनीमाथि ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गितमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकको प्रोफाइलमा राखेपछि पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक, सुशिलसिंह राठौरले जानकारी दिए । उनलाई अहिले आवश्यक कानुनी कारवाहीको लागि बिहीबारै महानगरीय प्रहरी परिसर, ललितपुर पठाइएको छ ।
यसरी पक्राउ परेको उनले आफ्नो सामाजिक सञ्जाल इंस्टाग्रामम तीनवटा स्टोरी राखेका छन् । भिटेनको पहिलो स्टोरीमा उनले ‘पुलिस स्टेसन’ लेखेका छन् भने दोश्रो स्टोरीमा तस्बिरसहित लेखेका छन्, ‘जावलाखेल पुलिस स्टेशन’ । तस्बिरमा उनले पहेँलो रङको कपडा लगाएको देख्न सकिन्छ । यस्तै तेश्रो स्टोरीमा उनले ‘प्लिज हेल्प मी’ लेख्दै जावलाखेलमा रहेको लोकेसन राखेका छन् ।

प्रहरीका अनुसार भिटेनको असली नाम समिर लामा हो भने उनले आफूलाई भिटेन वा समिर घिसिङ भनेर चिनाउँदै आएका छन् । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ मा जन्मिएका उनको घर रौतहटको चन्द्रनिगाहपुरमा पनि रहेको प्रहरीले जनाएको छ । महाशाखाका उपरीक्षक राठौरका अनुसार २२ वर्षीया लामा हाल ललितपुरको झम्सिखेलमा बस्दै आएका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qHV8Xs
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

