भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

५ कात्तिक काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाको विवादित ‘तिहार गीत’ अन्ततः यूट्यूवबाट हटाइएको छ । प्रहरीले मंगलबार बालाजुबाट पक्राउ गर्दै महानगरीय प्रहरी परिसर टेकु लगि गीत हटाउन अनुरोध गरेपछि थापाले युट्युबबाट गीत हटाएका हुन् ।

उनको गीतमा प्रयोग भएको शब्दमा बियर र गाँजा खाउँ भनि त्यसको प्रचारप्रसार गरेका भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । प्रशासन कार्यालयले प्रहरीलाई पत्र लेख्दै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न भनेको थियो । त्यसपछि उनी मंगलबार पक्राउ परेका हुन् ।
प्रहरीले गीत हटाउन अनुरोध गरेपछि आफूे गीत हटाएको भन्दै गायक थापाले प्रहरीले आफूलाई छिट्टै छाड्ने आशा लिएको बताए । अपलोड गरेको छोटो समयमा चर्चित भए पनि एकदमै धेरै आलोचना भएको थियो । थापाको च्यानलबाट गीत हटे पनि अन्य युट्युब च्यालनहरुबाट उनको गीत युट्युबमा भेट्न सकिन्छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2MDYKlU
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

