भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

५ कात्तिक, काठमाडौं । गायक तथा मोडल दुर्गेस थापाले आफूले २४ घण्टाभित्र पुनः ह्याप्पी तिहार गीत अपलोड गर्ने बताएका छन् । महानगरीय प्रहरी परिसर टेकुमा प्रहरीसँगको छलफलपछि सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै गायक थापाले प्रहरी भनेका केही शब्दहरुमा बिप गरेर २४ घण्टापछि गीत अपलोड गरिने जानकारी दिए ।
दुर्गेसले आफूले गल्ती गरेको पनि स्वीकारेका छन् । उनले भने, ‘मैले गल्ती गरेको हो, अहिलेको युवापुस्तालाई यस्तै गीत मनपर्ने भएकोले यस्तो गीत निकालियो । आक्रोशमा आएर कामा गरियो ।’ अरुले पनि यस्ता गीतहरु निकालेका छन् तपाईलाई मात्र किन यस्तो परेको होला भन्ने प्रश्नको जवाफमा उनले अरुको बारेमा कुरा नगरौँ भन्दै आफूले गल्ती गरेको स्वीकारे । साथै उनले आगामी गीतहरुमा सुधारेर काम गर्ने पनि जानकारी दिए ।

उनले प्रहरी परिसरमा छँदै गीत युट्युबबाट हटाएका थिए । प्रहरीले पनि आफूलाई गीत परिमार्जन गरी राख्नको लागि अनुरोध गरेको उनको भनाइ छ । प्रहरीले आफूलाई बियर र गाँजाको प्रचार गर्न नपाइने भनेकोले २४ घण्टाभित्र पुनः राखिने गीतमा गाँजा र बियर लगायतका शब्दहरु बिप गर्नुका साथै धुमपान र मद्यपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने सन्देश राखिने उनले बताए ।
दुर्गेसले विभिन्न मिडियामा आएका पक्राउ परेको समाचारको पनि खण्डन गरेका छन् । उनले आफूलाई प्रहरी पक्राउ नगरेको भन्दै बोलाएको बताए । आफू आफ्नै गाडी लिएर टेकु पुगेको दुर्गेसको भनाइ छ । प्रहरी परिसरका आफूलाई कुनैपनि समस्या नभएको समेत उनले बताए ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2MF66pf
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

