Loading...
Loading...
कार्यक्रममै नेहामाथि जबरजस्ती चुम्बनपछि विशालले भने, ‘पुलिस बोलाउँ’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

४ कात्तिक, एजेन्सी । इंडियन आइडल ११ टेलिभिजनमा प्रसारण भएको एक साता मात्र भएको छ । यो कार्यक्रम अहिले अनेक कुराका चर्चामा आइरहेको छ । शो मा आएका ट्यालेन्टहरुको चर्चा मात्र नभएर शो को क्रममा भएका किस्साहरुको बारेमा पनि चर्चा भइरहेको छ । हालै शोमा एक प्रतिस्पर्धीले जज नेहा कक्कडलाई चुम्बन गरे ।

यसबारेमा सामाजिक सञ्जालमा खुब चर्चा भइरहेको बेला शोका अर्का जज विशाल डडलानीले यसमा प्रतिक्रिया दिएका छन् । एक फ्यानले विशाललाई यो किस्साको बारेमा ट्वीटरबाट सोधेका थिए । फ्यानले विशालसँग सोधेका थिए, ‘विशाल सर त्यो केटालाई चड्कन हान्नुपर्थ्यो । उसलाई यस्तो हिम्मत कसरी आयो । मलाई आशा छ तपाईले उसलाई त्यसै जान दिनु भएन होला ।’

प्रश्नको जवाफ ट्वीटरमा दिँदै उनले लेखे, ‘मैले प्रहरीलाई बोलाउने सल्लाह दिएको थिएँ तर नेहाले उक्त केटालाई छोडिदिने निर्णय गरिन् । उसलाई डाक्टरको जरुरत छ, यदि हामी मद्दत गर्नसक्यौँ भने मद्दत गर्छौं ।’ केही समय अघि शोको प्रोमोमा एक प्रतिस्पर्धीले नेहासँग अंकमाल गर्दै गालामा चुम्बन गर्छन् ।’ नेहालाई चुम्बन गर्ने एक राजस्थानी पोशाकमा आएका थिए भने नेहाको लागि कैयौं उपहार पनि लिएर आएका थिए ।

ती उपहारहरु लिन जब नेहा उक्त युवकको छेउमा गइन् तब युवकले नेहासँग अंकमाल गरे र अचानक उनको गालामा चुम्बन गरिदिए । यो देखेर नेहाको साथ–साथ होस्ट आदित्य नारायण, जज अनु मलिक र विशाल डडलानी अचम्ममा परेका थिए । यो भिडियो सोनी टेलिभिजनको सामाजिक सञ्जालमार्फत बाहिरिनेवित्तिकै भाइरल भयो र सबैतिर चर्चा भयो ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2W0RrHP
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.