Loading...
Loading...
कांग्रेस नेता पोख्रेलले फर्जी कागजात बनाएर आफ्नै बुहारीलाई लोकसेवा आयोगको सदस्य बनाए
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रदेश ५ का प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलले फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खुलासा भएको छ । यससँगै प्रदेश ५ को लोकसेवा आयोग गठन प्रक्रिया विवादमा परेको छ ।

लोकसेवा आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभव विपरीत शर्माले आफ्नी बुहारीलाई बलपूर्वक नियुक्ति दिलाएको स्रोतले जानकारी दिएको छ । लोकसेवा आयोगजस्तो महत्वपूर्ण र संवेदनशील निकायमा फर्जी कागजातका आधारमा पदाधिकारी नियुक्ति हुने परम्परा देखिएसँगै प्रदेश लोकसेवा आयोग भर्ती केन्द्र बन्ने खतरा बढेको छ ।

प्रदेश लोकसेवाको सदस्यमा नियुक्त भएकी पोख्रे्रल कुनै अध्ययन अनुसन्धानमा संलग्न छैनन् । प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा रहने प्रदेश लोकसेवा आयोग सिफारिस समितिमा विपक्षी दलका नेताको हैसियतमा बलदेव शर्मा पोख्रेल सदस्य छन् । उनी नेपाली कांग्रेस सम्बद्ध हुन् ।

शर्माले आफ्नो पदको दुरुपयोग गरी आफ्नै बुहारीलाई लोकसेवा आयोगमा नियुक्ति दिलाएका हुन् । तीन जना सदस्य रहने सिफारिस समितिमा अर्का सदस्य प्रदेशसभाका सभामुख रहन्छन् । सिफारिस समितिले समेत राहेलको शैक्षिक योग्यता र अनुभवलाई सूक्ष्म रूपमा नहेरी नियुक्तिका लागि सिफारिस गरेपछि मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा रहेको सिफारिस समितिको क्षमतामाथि प्रश्न सिर्जना भएको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2P3tyxL via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.