भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२ कात्तिक, काठमाडौं । शुक्रबार ‘द भ्वाइस’को दोश्रो नेपाली संस्करण ‘द भ्वाइस अफ नेपाल’को १९ औं एपिसोड टेलिभिजनमा प्रसारण भयो । अरु सबैको ब्याटलको समयमा ठिकठाकै भएपनि कोच आस्थाको ब्याटलको क्रममा त्यहाँ एक किसिमको गर्मागर्मीको स्थिति उत्पन्न भयो ।
टीम आस्थाबाट गुमा सागर र राहुल विश्वकर्माको ब्याटल परेको थियो । उनीहरुको ब्याटलको लागि भन्दै कोच आस्थाले मुक्ति एण्ड रिभाइवल ब्याण्डको ‘नहेर मलाई कर्के नजरेले’ बोलको गीत दिएकी थिइन् । दुई प्रतिस्पर्धीले गीत पनि गाए । दुई प्रतिस्पर्धीले गीत गाइरहँदा उनीहरुकै कोच आस्था भने मज्जाले झुम्दै कराइरहेकी थिइन् । तर अरु कोचहरु भने शान्त तवरले बसेर गीत सुनिरहेका थिए । जब कोचहरुको कमेन्टको पालो आयो शुरुमा बोले कोच दीप श्रेष्ठ ।
उनले शुरुमा दुईले गाएको गीतको प्रशंसा गरेपनि पछि ठट्यौली किसिमका कमेन्टहरु गर्न थाले । उनले भने, ‘एकदमै मनोरञ्जनात्मक प्रस्तुती थियो । यो मेरो जनरा पनि हैन । म यसरी उफ्रेर गाउन थालेँ भने त हस्पिटल पुग्छु । (हलमा हाँसो गुञ्जियो) कोच आस्था धन्यवाद । आफू (आस्था) त उफ्रियो उफ्रियो आफ्ना ट्यालेन्टहरुलाई पनि बेस्कन उफार्यो । यो पनि एउटा ट्यालेन्ट नै हो ।’ यति भन्दै गर्दा दीपले गीतको शब्द कसैले पनि नबुझेको होला भन्दै कमेन्ट गरे ।

उनले थपे, ‘रक सिङ्गिङ यस्तै हो भने त मलाई भन्नु केही छैन । राहुलले भनेको केही शुरुवातको केही शब्दहरु बुझेको थिएँ त्यसपछि मैले केही बुझिन, गुमाको त आँखा पनि देखिन, कपाल अगाडि ल्याएपछि त कता ठोक्किन्छ जस्तो लाग्छ । मलाई रक म्युजिकका जजमेन्ट गर्न गाह्रो हुन्छ, फेद पनि भेट्टाउदिन टुप्पो पनि भेट्टाउँदिन ।’ दीपले यति भन्दै गर्दा हल हाँसोले गुञ्जायमान भएको थियो ।
कोच दीपले अन्तिममा भने, ‘रमाउनु र मनोरञ्जको हिसाबले राम्रै थियो । लाखौं मानिसहरुले हेरिरहेका होलान् उनीहरु सबै उफ्रिरहेका होलान् । तपाईंहरु दुईजनाले धेरै राम्रो गाउनुभाछ, म त्यतिमात्रै भन्छु ।’ दीपको हरेक कुरामा स्टुडियोमा उपस्थित सबै हाँसिरहेका थिए ।

दीपको कमेन्टपछि राजु लामा र प्रमोद खरेलले पनि शब्दका कुराहरुमा ध्यान नदिएको भन्दै कमेन्ट गरे । त्यसपछि पालो आयो कोच आस्थाको । आस्थाले शुरुवातमा सालिनताका साथ आफ्ना कमेन्टहरु राखिरहिन् । उनले आफ्ना टीमका प्रतिस्पर्धीहरुले राम्रो सुधार गरेको दाबी गर्दै थिइन् । गुमाको प्रनाउनसेसनमा एकदमै सुधार भएको बताउँदै आस्थाले गुमा र राहुलको प्रशंसा गरिरहिन् ।
त्यसपछि उठिन् र चर्को स्वरमा भनिन्, ‘केटाहो, तिमीहरुले लाई गौरवान्वित बनायौ ।’ लगत्तै उनले जंगिदै भनिन्, ‘यो ब्याटल, ब्याटल राउण्डभरिकै उत्कृष्ठमध्येको एक ब्याटल हुनुपर्छ र यो कुरामा म शतप्रतिशत विस्वस्थ छु ।’ उनी यतिमा मात्र रोकिइनन् र भनिन्, ‘कसलै फिल गरोस् वा नगरोस्, म फिल गर्छु किनकी तिमीहरु मेरो केटाहरु हौ ।’

निर्णयको समयमा पनि आस्थाले दुवै प्रतिस्पर्धीको खुलेर तारिफ गरिरहेकी थिइन् । आफ्नो सल्लाहकार बोलाएर गरिएको निर्णयमा उनले दुवै जनालाई अगाडिको राउण्डमा लैजान चाहिन् । अब गुमा र राहुलले एकै भएर गीत गाउनुपर्ने हुन्छ र अन्तिमसम्म उनीहरु दुई जना देखिए पनि एकमात्र प्र्रतिस्पर्धी हुनेछन् ।
आस्थाको यस्तो निर्णयपछि कार्यक्रम प्रस्तोताले कोचहरुसँग सोध्छन् । सबैले आस्था र दुईजना राजी छन् भने आफूहरुलाई कुनै समस्या नभएको स्पस्ट पारे । तीनजना कोचहरुले अनुमति दिएता पनि उनीहरुको अनुहारबाट यो स्पस्ट हुन्थ्यो की कोच आस्थाको निर्णयबाट उनीहरु सन्तुष्ट थिएनन् । कोचहरुको अनुमतिपछि राहुल र गुमालाई पनि सोधिएको थियो । उनीहरु दुवैले डुओमा जान सहमत भएपछि कोच आस्थाको टीमबाट दुवैजना चयन भएका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/33L4S1o
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

