Loading...
Loading...
सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने प्रधानमन्त्री ओलीको चेतावनी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् ।

बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरु जसरी पनि वातावरण बिगार्ने काममा लागिरहेको उल्लेख गर्दे सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने चेतावनी दिए ।

‘जबसम्म आफ्ना डमरुमाथि खतरा आइपर्‍यो भन्ने हुँदैन तबसम्म बघिनी चुपै लागेर बस्छे । डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘डेमोक्रेस, संघीय लोकतान्त्रिक गणतत्रमाथि जबसम्म खतरा आइपर्‍यो भन्ने कुरा हुँदैन तबसम्म सरकार त्यसैगरी बघिनीजस्तै शान्त हुन्छ । लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन । जनताको बलिदान खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध छ ।’

‘डेढ बर्ष भइसक्दा पनि सरकारले गति लिन नसकेको’ भन्ने आलोचनालाई सरकारले गम्भीर रुपमा लिएको र अझै गतिका साथ अघि बढ्ने आश्वासन दिए । उनले भ्रष्टाचारमा शून्य सहनशीलता सरकारको ‘लिप्स् सर्भिस’ मात्रै नभएको भन्दै सबैलाई आफ्नो काम कर्तव्यप्रति होसियार रहन सचेत गराए ।

प्रधानमन्त्री ओलीले निर्माण कार्यमा हुने गरेको ढिलाइ पनि असन्तुष्टि जाहेर गरे । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन समयमै सम्पन्न गर्न तथा विभिन्न बहानामा पैसा थप्ने काम नगर्न शहरी विकास मन्त्रीलाई निर्देशन दिए ।

‘निर्माण कार्यमा बिलम्ब हुने गर्‍या छ । यो बिलम्ब मान्य हुँदैन । जति समय भनिएको छ त्यो समयभित्र काम सम्पन्न हुनुपर्छ,’ उनले भने, ‘गुणस्तरमा कुनै सम्झौता हुँदैन । गुणस्तरीय हुनुपर्छ । कबुलभन्दा पछि पैसा थप्ने काम हुँदैन । धेरै बिग्रेका परिपाटीहरु छन् । त्यसलाई मानिँदैन ।’

नेत्र विक्रम चन्द समूहका क्रियाकलापप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले हिंसा नितान्त ‘बितण्डा’ मात्रै भएको टिप्पणी गरे । हत्या, हिंसा, त्रास र लुटपाट गर्ने क्रियाकलाप सरकारलाई कुनै पनि अवस्थामा सह्य नहुने भन्दै उनले आवश्यक परे नियन्त्रणकारी भूमिका पनि खेल्न सकिने बताए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QhZ4dF via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.