भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डाै । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी ट्रेड युनियन खारेज नहुने स्पष्ट पार्नु भएको छ ।
मन्त्री पण्डितले कार्यालय समयभित्र भने कर्मचारी ट्रेड युनियनहरुको सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा पनि गर्नुभयो । निजामती सेवा दिवसको अवसरमा आइतबार काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले निजामती कर्मचारीहरुलाई इमान्दारिताका साथ काम गर्न पनि सचेत गराउनु भयो ।
मन्त्री पण्डितले देशप्रति समर्पित भएर काम गराउन सरकारले उत्कृष्ट कर्मचारीहरुलाई निजामति सेवा पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै अख्तियारको फन्दामा पर्नेजस्ता अनुशासनहीन काम नगर्न पनि कर्मचारीलाई कडा निर्देशन दिनुभयो ।
मन्त्री पण्डितले संविधान र कानुन अनुसार कर्मचारीहरुको समायोजन गरिएकाले उनीहरुले त्यसमा प्रतिबद्ध भएर काम गर्नुको विकल्प नरहेको पनि दोहोर्याउनु भयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ZGX6Ie via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

