Loading...
Loading...
ओली-प्रचण्डबीच छलफल सकियो : छिट्टै सचिवालय बैठक बोलाउने सहमति
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिट्टै सचिवालय बैठक बोलाउने सहमतिमा पुगेका छन् ।

पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार झण्डै २ घन्टा छलफल भएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सिंगापुरबाट फर्किएपछि सांगठनिक एकताका बाँकी काम टुंगो लगाउन दुई अध्यक्षबीच छलफल सुरु भएको छ । दुई अध्यक्षको छलफलमा महासचिव विष्णु पौडेललाई समेत सहभागि भएका थिए ।

महासचिवले दुई अध्यक्षलाई पार्टी एकताको बाँकी कामलाई पूर्णता दिने प्रस्ताव जानकारी गराएका थिए । त्यसैका आधारमा पार्टी एकताका बाँकी काम टुंगो लगाउनेगरी छिट्टै सचिवालय बैठक बोलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपामा आयोग, जेष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका विभिन्न निकायको एकता टुंगो लाग्त बाँकी छ । केन्द्रीय बिभागहरुको प्रमुख–उपप्रमुख तोके पनि बिभागले पनि पूर्णता पाउन सकेका छैनन् ।

ओली सिंगापुरबाट फर्किएपछि दुई अध्यक्षबीच शुक्रबार नै भेटवार्ता भएको थियो । शुक्रबार स्वास्थ्य अवस्थाका विषयमा कुराकानी भए पनि आइतबारदेखि भने दुई अध्यक्षबीच पार्टी र सरकारलाई प्रभावकारी पार्ने विषयमा छलफल सुरु भएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ZUD9sB via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.