Loading...
Loading...
डीडीसीका तत्कालिन महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी)का तत्कालिन महाप्रबन्धक गङ्गा तिमल्सिनासहित १० जनाविरुद्ध म‌गलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौँ उपत्यकामा दूध वितरणका लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिलाई ठेक्का दिइएकामा ठेकेदार कम्पनीसँग मिलेमतो गरी बोलपत्र नै प्रकाशन नगरेर सम्झौता गरेको पाइएको आयोगले जनाएको छ ।

संस्थानलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको भन्ने उजुरीमाथि छानबिन गरी उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका अनुसार तत्कालीन महाप्रबन्धक तिमल्सिनाविरुद्ध रु ४६ लाख ७९ हजार १८२ बराबरको बिगो माग दाबी गरिएको छ ।

यस्तै तत्कालीन निमित्त उपमहाप्रबन्धक डा ईश्वरीप्रसाद अधिकारी, तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालीन वरिष्ठ लेखा अधिकृत राजनजङ्ग थापा, तत्कालीन प्रशासकीय अधिकृत हाल प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दीपक सुवेदीविरुद्ध पनि समान रु ४६ लाख ७९ हजार १८२ बराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उनका अनुसार गोकुल निर्माण सेवा, गोलढुङ्गा–६, काठमाडौँका सञ्चालक गोकुल फुयाँलविरुद्ध रु २२ लाख १९ हजार ६६८, साविक प्रभु आदित्य बिजनेस प्रालिका सञ्चालक दीपबहादुर खड्का, सोही कम्पनीका अर्का सञ्चालक फणिन्द्रप्रसाद दाहाल र तत्कालीन सञ्चालक सतीशकुमार गिरीविरुद्ध जनही रु २४ लाख ५९ हजार ५१४ बिगो माग गरिएको छ ।

यस्तै आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले प्रहरी सहायक निरीक्षक माझीले सेवाग्राहीसँग रु १० हजार घुस लिएको आरोप लगाएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2n09noG via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.