भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । सरकारले काठमाडौंको टोखा-छहरे हुँदै नुवाकोट सडक खण्ड मर्मतमा ढिलाइ गरेको भन्दै नेपाली कांग्रेसले उक्त सडकखण्ड चक्काजाम गरेको छ।
शनिबार विहान एक घण्टा चक्काजाम गरेको कांग्रेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले बताए। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठलाई भेटेर सडक मर्मत गरिदिन आग्रह गरेको २० दिन बिते पनि सडक मर्मत नभएको भन्दै विरोध गरिएको उनले बताए।
यो सडकखण्ड हिलोका कारण लामो समयदेखि अवरूद्ध छ। ‘भौतिक योजना मन्त्रीलाई भेटेर सडक छिटो बनाइदिनुपर्यो भनेको २० दिन बित्यो,’ उनले भने, ‘मन्त्रीले सात दिन भित्रमा सडक मर्मत गरिसक्छौं भन्नुभएको थियो अझै काम सुरु भएन।’
चक्का जाम नेपाली कांग्रेस नुवाकोटको लिखु–काठमाडौ सम्पर्क समिति, बिदुर बेलकोटगढि, पन्चकन्या,तादी,तारकेश्वर,सम्पर्क समितिको सयुक्त आयोजनामा गरिएको हो । कार्यक्रममा नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केशी, महासमिति सदस्य रमेश महत लगायतको उपस्थिति रहेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Zt7MWR via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

