भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१८ साउन । तेलुगु फिल्म ‘डियर कामरेड’ ले अहिले बक्सअफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । एक हप्ता अगाडि प्रदर्शनमा आएको फिल्मले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ । फिल्मले ओपनिङ वीकेन्डमा वर्ल्डवाइड ३३ करोडको कलेक्सन गर्न सफल भएको छ । फिल्ममा साउथ स्टार विजय देवराकोन्डाको अपोजिटमा रश्मिका मन्डाना छिन् ।
रिलिज अगावै यसको जबरजस्त बज थियो, जसकारण ६ करोड भारुमा बलिउडका प्रख्यात निर्देशक तथा निर्माता करण जोहरले यो फिल्मको हिन्दी राइट्स लिएका थिए । करणले राइट्स खरिद गरेपछि यो फिल्मको हिन्दी रिमेकमा इशान खट्टर र जान्हवी कपूरलाई कास्ट गर्ने खबर बाहिर आएके छ । तर, करणले यो हल्ला मात्र रहेको बताएका छन् ।
भारतीय मिडियाका अनुसार, उनी फिल्ममा विजय देवराकोन्डालाई नै कास्ट गर्न चाहन्थे । यसका लागि उनले ४० करोडको अफर पनि दिएका थिए । तर, विजयले हिन्दी रिमेकमा काम गर्न मानेनन् । उनको दोस्रो फिल्मको हिन्दी रिमेक बन्न लागेको हो । शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ पनि उनी अभिनीत फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो ।
साउथ फिल्म ‘अर्जुन रेड्डी’को हिन्दी रिमेकमा पनि विजयलाई नै लिने तयारीमा निर्माण थियो । तर, उनले काम गर्न मानेनन् । उनले फिल्म रिजेक्ट गरेपछि शाहिदलाई अप्रोच गरिएको थियो । ‘कबीर सिंह’ले अहिलेसम्म बक्सअफिसमा २ सय ७७ करोडभन्दा बढी कमाइसकेको छ । यो शाहिदको करिअरको सबैभन्दा ब्लकबस्टर फिल्म हो । एजेन्सी
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2yDDODH
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

