भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२१ साउन, एजेन्सी । बलिउड अभिनेता आमिर खान हत्तपत्त फिल्म नै गर्दैनन् । जब गर्छन् उनको फिल्मले बक्सअफिसमा नयाँ रेकर्ड कायम गरेकै हुन्छ । उनै अभिनेता आमिर खान अब नयाँ फिल्मको साथमा आउन लागेका छन् ।
आमिर अब ‘लाल सिंह चड्ढा’ नामक फिल्ममा अभिनय गर्दैछन् । फिल्मको लागि आमिरले आफ्नो शरीर घटाउन थालिसकेका छन् । उनले यो फिल्मको लागि २० किलो तौल घटाउन थालेका छन् । तौल घटाउनको लागि आमिरले आफ्नो डाइट तरकारी र रोटीमा झारेका छन् । उनले अबको केही महिना रोटी र तरकारीको साथमा केही प्रोटिनमात्र खाने भएका छन् । सेप्टेम्बरसम्म उनले आफ्नो तौल २० किलोग्राम घटाउनुपर्नेछ ।
‘लाल सिंह चड्ढा’ हलिउड फिल्म ‘फोरेस्ट गम्प’को अफिसियल हिन्दी रिमेक हुनेछ । ‘फोरेस्ट गम्प’ ६ पटक ओस्कार अवार्ड जितेको फिल्म हो । फिल्ममा आमिरले लाल सिंह चड्ढाको भूमिकामा रहनेछन् । सेप्टेम्बरबाट सुटिङमा जाने फिल्म २०२० को अन्तिमसम्म प्रदर्शन हुने बताइएको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ZMilUM
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

