भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

महोत्तरी । प्रदेश २ का चुरेभावर क्षेत्रका नदीमा अनियन्त्रित खोला उत्खनन् भइरहेको छ। स्थानीय सरकारले ठेक्का लगाएको खोलामा मापदण्ड विपरित गिट्टी बालुवा निकाल्ने काम रोखिएको छैन। प्रदेश २ को प्राकृतिक श्रोत तथा वातावरण संसदीय समिति अनुगमन गर्न खोला पुग्दा अनियन्त्रित उत्खन्न गरिरहेका सवारी साधन लिएर भागभाग गरेका थिए।
महोत्तरीको रातु खोला, धनुषाको चारनाथ कमला र सर्लाहीको बागमती खोलामा अनियन्त्रित उत्खन्न तिव्र रहेको समितिले जनाएको छ। ठूल–ठूला खाल्टो खनेर नदिजन्य पदार्थ झिकेर प्राकृतिक श्रोतको दोहन भइरहेको प्रदेश २ को प्राकृतिक श्रोत तथा वातावरण संसदीय समितिका संयोजक रामचन्द्र मण्डलले जनाए। चुरे भावर क्षेत्रको अत्यधिक उत्खननले मधेशमा पानीका मुहानहरु सुक्न थालेको उनको भनाइ छ।
‘महोत्तरीको बर्दिबासमा तीस—चालिस फिट गहिरो खाल्टो खनेर रातु खोलाको बगर क्रसर व्यवसायीहरुले बर्बाद बनाएको देखियो,’ उनले भने। अवैध उत्खनन्ले खोला दोहनका साथै स्थानीय सरकार राजश्वबाट पनि वञ्चित भएको छ। ‘६०÷७० लाखमा खोला ठेक्का लगाइन्छ, अनुगमन गर्नेले हेर्दैनन्। ठेकेदारले मनपरी खोला खनिरहेका छन्’ संयोजक मण्डलले भने। समितिले अनुगमनका क्रममा बुधबार रातु र चारनाथ कमला नदीबाट दर्जनबढी जेसीवी, लोडर, स्काभेटर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2XKPTBJ via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

