भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । सरकारका गतिविधिको सदन र सडकबाट विरोध भइरहेको छ। नीतिगत सुधारका लागि सरकारले ल्याएका धेरैजसो विधेयकहरू विवादमा परेका छन्। सरोकारवालापक्षसँग छलफल नै नगरी स्वाच्चारी ढंगबाट विधयेक ल्याएको भन्दै विरोध भएको हो। यतिबेला गुठी विधेयकले संसद र सडक तातेको छ भने नेपाल मिडिया काउन्सिल विधेयकविरुद्धको आन्दोलन पनि जारी नै छ। यस्तै राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक पनि विवादरहित हुन सकेन। सामाजिक संस्था विधेयक पनि विवादमै छ। मानवअधिकार आयोगसम्बन्धी विधेयक पनि विवादमुक्त छैन। नागरिकता ऐन संशोधन गर्न प्रस्तावित विधेयक, प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि विवादरहित भएनन्। गठनदेखि नै भ्रष्टाचार र हत्याहिंसा नियन्त्रण गर्न नसेकेको आरोप खेपीरहेको सरकारले बेलाबखत सुझुबुझ्विना नै लिने निर्णयले झन् विवादमा पर्ने गरेको हो। विगतमा निर्मला हत्याकाण्ड, सुनकाण्ड, वाइडबडीकाण्ड, बालुवाटार जग्गाकाण्ड लगायतका काण्डैकाण्डमा आलोचित बनेको सरकार अहिले विभिन्न विधेयकलाई लिएर आलोचित बनेको छ। सडक र सदनमा आफ्नै प्रतिपक्षी सरकारले ल्याएका विधेयकहरूमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमै मत बाझिएको छ। यसको पछिल्लो उदाहरणका रुपमा मिडिया काउन्सिल र गुठी विधयेकलाई लिन सकिन्छ। मिडिया काउन्सिल विधयेकलाई लिएर नेपाल पत्रकार महासंघ आन्दोलनमा छ। ‘नेपाल सरकारले के बुझ्न जरुरी छ भने पुराना ऐतिहासिक सम्पदाहरू, संस्कृतीहरू जात्राहरू गुठीद्वारा परिचालित छन्। आज ती गुठियारहरूको राय सुझाव नलिइकन एकैपटक माथिबाट गुठी अन्त्य गर्ने जुन विधेयक ल्याइएको छ त्यसलाई फिर्ता लिइयोस्।’
सरकारका गतिविधिको समीक्षा गर्ने बेला भएको भन्दै पटकपटक पार्टीका नेता(कार्यकर्ताले कुरा उठाउँदै आएपनि नेतृत्वले सुनेको छैन। जसका कारण सरकारका निर्णय र गतिविधिको सत्तापक्षकै नेताहरूबाट विरोध हुने गरेको छ। नेतृत्वले पार्टीमा छलफल र जनभावना बुझेर भन्दा पनि आफू अनुकूलमा काम गरेको नेकपाका नेताहरू बताउँछन्। पार्टीमा छलफल नै नभइ आएका विषयमा कसरी रक्षा वा प्रतिवाद गर्ने भन्ने अन्यौल उनीहरूमा छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/31zoJAq via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

