भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

विराटनगर । नेकपा स्थायी समिति सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको भन्ने विषयमा पार्टीलाई जानकारी नभएको बताएका छन् ।
उनले सहमतिबारे कमिटी बेखबर रहेको बताए । उनले सहमतिको अनावश्यक रुपमा मार्केटिङ गरिएको आरोप लगाए । उनको आरोप अध्यक्ष प्रचण्डतर्फ थियो । प्रचण्डले पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताउँदै आएका छन् । त्यसलाई अध्यक्ष ओलीले समेत स्वीकार गरेका छन् । यद्यपि पोखरेलले भने आफूहरुलाई त्यसबारे थाहै नभएको जिकिर गरे । ‘आलोपालो सरकार चलाउने सहमतिबारे कमिटीलाई जानकारी छैन’, मदन भण्डारीको जन्मजयन्तीका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा पोखरेलले भने, ‘त्यसबारे बाहिर अनावश्यक मार्केटिङ गर्न जरुरी छैन ।’ उनले सहमति गरेको भए पनि सीमा र मर्यादामा बस्न प्रचण्डलाई सुझाए । प्रचण्डको नाम उल्लेख नगरी उनले सुहाउँदो व्यवहार गर्न पनि भने । उनले जनताको बहुदलीय जनवाद छाड्न आफूहरु तयार नरहेको बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IYyLDz via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

