भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या भए पनि हत्यारा पत्ता लगाउन नसकिएको बताएका छन् । उनले आफ्नो पार्टी पटक पटक सरकारको नेतृत्वमा रहेको र अहिले पनि सरकार आफ्नै पार्टीको नेतृत्वमा भए पनि कसले हत्या गर्यो भन्ने प्रमाण पत्ता लगाउन नसकिएको बताएका हुन् ।
‘मदन भण्डारीको नियोजित हत्या हो। दुर्घटना होइन भन्ने जनतालाई लागेको छ, शनिवार मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, हामी सरकारमा छौं, तर हत्यारा फलानो हो भनेर किटेर भन्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं। चालकलाई जोगाउन सकिएको भए पनि केही प्रमाण त खुल्थ्यो कि ? हामीले त्यो पनि सकेनौँ ।
भण्डारी र आश्रितको मृत्यु नागरिकले स्वभाविक रुपमा नलिएको बताउँदै प्रचण्डले भयानक डिजाइनअनुसार हत्या भएको दावी गरे । उनले भण्डारीको सच्चा उत्तराधिकारी आफू र प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् । उनले आफू र आफ्नो पार्टीले सोचेअनुसारको काम नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IYDkxQ via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

