Loading...
Loading...
समाजवादी पार्टीले दियो सरकार छाड्ने चेतावनी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । संविधान संशोधनमा समझदारी गरेर नेकपा नेतृत्वको सरकारमा सहभागी समाजवादी पार्टीले सरकार छाड्ने चेतावनी दिएको छ । तत्कालीन संघीय समाजवादी फोरम र नेकपाबीच संविधान संशोधन गर्ने लगायतका मागमा समझदारी भएको थियो ।

अहिले सत्तारुढ नेकपाले मुलुकलाई प्रतिकुल असर पर्ने गरी संविधान संशोधन हुन नसक्ने बताउँदै आएको छ । पहिचानसहितको संघीयता, पूर्णसमानुपातिक, निवार्चन प्रणाली, वर्गीय, जातिय, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य लगाएतका माग राखेर ३ बुँदे सहमती गरि गत वर्ष जेठ १४ गते तत्कालिन संघीय समाजवादी फोरम सरकारमा सामेल भएको थियो ।

सरकारमा सामेल भएपनि आफना माग पुरा नभएपछि फोरम अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपीशर्मा ओलीलाई गत पुस २२ गते स्मरण पत्र बुझाउनुभएको थियो । आफ्ना मागमा ध्यान नदिएको भन्दै समाजवादीले सरकार छाड्ने चेतावनी दिएको हो ।

सत्तारुढ दलले मुलुकलाई प्रतिकुल असर पर्ने गरी संविधान संशोधन गरेर उसका माग पुरा गर्न नसकिने बताएका छन । समाजवादीसँग अहिले संघीय संसदमा १७ जना संसद छन ।

नेकपामा अहिले १ सय ७३ संसद छन । समाजवादीका हरिनारायण रौनियार निलम्बनमा परेका कारण दुई तिहाइका लागि १ जना संसदको आवश्यकता छ ।

यदी समाजवादी पार्टी सरकारवाट बाहिरिए सरकारको दुइतिहाई बहुमत रहने छैन ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2N5Xx8X via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.