Loading...
Loading...
वीर अस्पताल भर्ना भए रेशम चौधरी, बेडमा पनि नेल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । अस्पतालमा चौधरीलाई परिवारका सदस्य र जेल प्रशासनबाट खटिएका हतियारधारी प्रहरीले कुरिरहेका छन् ।डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई बिहीबार अस्पताल भर्ना गरी उपचार थालिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

चौधरीको खुट्टामा प्रहरीले मोटो नेल लगाइएको छ । ‘अस्पतालमा उपचाररत हुँदा पनि प्रहरीले चौधरीमाथि दमन गर्न छाडेको छैन । कारागारभित्र रहँदा नेल र हत्कडी नलगाए पनि अस्पतालमा लगाइएको छ,’ चौधरीको पारिवारिक स्रोतले भन्यो । त्यहाँ उनलाई कडा सुरक्षाभित्र राखिएको छ । चौधरी भाग्न नसकून् भनेर नेल लगाई राखिएको प्रहरी स्रोतको दाबी छ ।

दुई सातादेखि बिमार चौधरीलाई जेल प्रशासन र चिकित्सकको सल्लाहमा बिहीबार अस्पताल भर्ना गरिएको हो । फोक्सोमा समस्या उत्पन्न र्भपछि चौधरीलाई सास फेर्न गाह्रो हुने गरेको छ । ढाडको बोनम्यारोमा पनि समस्या देखिँदा उनी हिँडडुल गर्न नसक्ने भएको पारिवारिक स्रोतको भनाइ छ ।

चौधरीलाई अस्पतालमा परिवारका सदस्य र जेल प्रशासनबाट खटिएका हतियारधारी प्रहरीले कुरिरहेका छन् । उनलाई कम्तीमा १० दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएको पारिवारिक स्रोतको भनाइ छ । चिकित्सकले चौधरीलाई दैनिक थेरापी गर्न र बेड रेस्ट गर्न सुझाएका छन् ।

संविधानसभाबाट संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको छ । टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए ।

सरकारले राजपाको दबाबमा हिरासतमा रहेका चौधरीलाई गत पुस ११ मा शपथग्रहणको मौका दिएको थियो । जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि भने उनी सांसदबाट निलम्बित छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2J1ZH49 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.