भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

बलिउडका सुपरस्टार शाहरुख खानले आगामी जुन महिनामा नयाँ फिल्मको घोषणा गर्ने खबर थियो। तर काम गर्ने मन नभएको भन्दै उनले यो घोषणा स्थगित गरेका छन्।
हाल चीनको बेइजिङमा बिदा मनाउँदै गरेका शाहरुखले एक अन्तर्वार्ताको क्रममा अहिले कुनै पनि फिल्ममा आबद्ध नभएको बताएका हुन। सामान्यतयाः एउटा फिल्म रिलिज पश्चात ३-४ महिना भित्रै अर्कोको सुटिङ सुरु गरिसक्ने शाहरुखलाई यो पटक मनले नै फिल्म खेल्न दिएन। उनी केही समय अझै, फिल्म हेर्ने, कथा, किताब पढ्ने र आफ्ना बालबच्चा अनि परिवारसंग समय बिताउने योजनामा छन्।
आगामी जुनमा नयाँ फिल्म घोषणा गर्ने सुरमा रहेका उनी जुनमा कुनै फिल्म हातमा नलिने बताउँछन्। जब मनबाटै फिल्म खेल्ने इच्छा जाग्छ तब मात्र उनी अभिनय गर्नेछन। भन्छन्, ‘अहिले भित्री मनबाटै आएको छैन।’
उनले यो दौरान १५-२० वटा फिल्मक कथा सुनिसके, केही मन पनि पराए तर सुटिङ नै सुरु गरिहाल्ने योजनामा छैनन्। उनी भन्छन, ‘मेन्टल्ली सोचिसके, तर इमोशनल्ली निर्णय लिएको छैन।’
फिल्म ‘जिरो’ बलिउड बक्सअफिसमा जबरजस्त फ्लप भएपछि शाहरुखले एक पछि अर्को फिल्मको अफर छोडिरहेका छन्। अर्थ न बर्थको कथावस्तुमा बनेका फिल्म खेल्दा उनी मात्र होइन सलमान खान र आमिर खान पनि प्रभावित भएका छन्। केही समय अघि मात्र यी तीन खान यही विषयमा सल्लाह गर्न शाहरुखको घरमा भेट भएको खबर आएका थिए।
यो पढ्नुस्ः
बलिउडका तीन खानबीच सुुटुक्क भेटघाट
शाहरुखकी छोरीसंगै हुर्केकी यी युवती अब करण जोहरको फिल्ममा
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2Wd3EIE
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

