भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को रुपन्देही जिल्ला पार्टी कार्यालय ‘रातो घर’मा प्रहरीले डोजर चलाएको छ। बुटवलको पाल्पा रोडस्थित ‘रातो घर’ नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको उपस्थितमा भत्काइएको हो।
प्रहरीले यो कार्यालयमा साता अगाडि यहाँको सामाग्री नियन्त्रणमा लिएर ताला लगाएको थियो। शान्ति प्रक्रियमा आएदेखि नै यस कार्यालयमा तत्कालीन नेकपा माओवादीले जनवर्गीय संगठनका कार्यलय स्थापना गरेको थियो।
युद्धकालमा माओवादीले कब्जा गरेको यो भवन राष्ट्रिय वाणिज्य बैंकको नाममा थियो। बैंकको बुटवल शाखा भने भाडाको घरमा सञ्चालन हुँदै आएको छ।
तत्कालीन एनेकपा माओवादी विभाजनपछि यस घरलाई मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले नियन्त्रणमा लिएको थियो। नेकपा-माओवादीबाट अलग भएसँगै विप्लव समूहले यस भवनमा कार्यालय राखेका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HXaNbM via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

