Loading...
Loading...
लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न र प्रतिफल लैजान आग्रह गरेका छन्। शुक्रबार राजधानीमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीको सुरक्षा र प्रतिफलका लागि ढुक्क हुन आग्रह गरेका हुन्।

झन्डै ६ सय विदेशी पाहुनालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार लगानीकर्ताको लगानीको पूर्ण सुरक्षाका लागि कटिबद्ध रहेको समेत बताए। ‘नेपाल लगानी गर्न उपयुक्त ठाउँ हो। ढुक्क भएर लगानी गर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो प्रतिफल तपाईंले सुरक्षित साथ लैजान सक्नुहुन्छ।’ विदेशी लगानीकर्ताका लागि लगानीको सुरक्षा र प्रतिफल लैजाने ‘ग्यारेन्टी’ सरकारले गरेको उनले स्पष्ट पारे। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले प्रतिफल लैजाने ‘ग्यारेन्टी’ गरेको उनले बताए।

‘विदेशी लगानीकर्ताका लागि लगानीको सुरक्षा र प्रतिफल लैजाने ग्यारेन्टी सरकारले गरेको छ ।’

त्यसैगरी लगानीकर्तालाई सहज र लगानीको वातावरण बनाउनेगरी ऐनकानुनमा सुधार र संशोधन गरेको उनले बताए। पछिल्लो एक वर्षको अवधि यिनै ऐन कानुनको सुरधामा खर्च गरेको भन्दै प्राधानमन्त्री ओली थपे, ‘पछिल्लो वर्ष नीतिगत सुधार र कानुनी संशोधनको वर्ष भएको छ।’ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र सार्वजनिक तथा निजी साझेदरी लगानीसम्बन्धी ऐनले लगानीकर्तालाई सहज र सरल बनाएको उनले बताए। प्रधानमन्त्री ओलीले उद्योग स्थापना र विभिन्न प्रक्रियालाई सरलीकरण, एकद्वार प्रणाली, कम्पनी दर्ता, जग्गा प्राप्ति, संस्थागत सुधार, क्षमता वृद्धिलगायतका विषयमा व्यापक सुधार भएको जानकारी गराए। उनले अनलाइन दर्ता तथा भुक्तानी सुरु गरेको भन्दै यसलाई पूर्णरुपमा सञ्चालन गर्ने बताए।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JUbVQa via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.