Loading...
Loading...
राजनारायण पाठकविरुद्द भ्रष्टाचारको मुद्दा दायर
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राज नारायण पाठक विरुद्द विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक भनिएका लम्बोदर कुमार न्यौपानेसँग कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस बापतको रकम लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आयोगले घुस बापतको रकम दिने कलेजका सञ्चालक भनिएका न्यौपानेविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । दुवै जनालाई ७८-७८ लाख रुपैयाँ विगो दावीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

आयोगमा प्राप्त श्रव्य-दृश्य सामग्रीबाट नै घुस लिएको पुष्टी भएको पनि अख्तियारले जनाएको छ ।

यसै प्रकरणसँग जोडिएका राजनारायण पाठकका भाइ शुभनारायण पाठकले लिएको भनिएको १५ लाख रुपैयाँ नेपाल इन्जिनियरिङ कलेजसँग सम्बन्धित नरहेको पनि अख्तियारले जनाएको  छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2V3w72Y via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.