भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

शनिबार आफ्नो जन्मदिनमा बलिउड नायिका कंगना रनोटले एक नयाँ फिल्म खेल्ने घोषणा गरिन। उनले
भारतीय राजनीतिज्ञ एवंम् नायिका जयललिताको बायोपिक फिल्ममा अभिनय गर्न लागेकी खुलासा गरेकी हुन। यो फिल्मको लागि कंगनाले पाउने पारिश्रमिकले नयाँ रेकर्ड बनाएको छ। फिल्मको लागि उनलाई २४ करोड भारु अफर गरिएको हो। फिल्म तमिल र हिन्दी भाषामा बन्ने छ।
दिपीका भन्दा दुइ गुणा पारिश्रमिक
एकताका कंगनाको पारिश्रमिक ११ करोड भारु थियो। तर ‘सिमरन’ र ‘रंगुन’ फ्लप भएपछि उनले आफ्नो
पारिश्रमिक घटाएकी थिइन। अनि ‘मणिकर्णिका’ सफल भएपछि फेरि पारिश्रमिक बढाइन्। तर २४ करोड भारु कुनै
नायिकाको लागि अफर गरिएको यो पहिलो पटक हो।
यो भन्दा अघि फिल्म ‘पद्मावत’को लागि दिपिका पादुकोणलाई १३ करोड भारु पारिश्रमिक दिइएको थियो। त्यस्तै
करिना कपुरलाई ‘विरे दी वेंडिग’को लागि ७ करोड भारु अफर गरिएको थियो, र त्यसपश्चात करिनाले आफ्नो
पारिश्रमिक बढाएर १० करोड भारु पुर्याएकी छिन्। त्यस्तै हलिउड र बलिउड दुवैतिर फिल्म खेल्न भ्याएकी
नायिका प्रियंका चोपडा अहिले पनि ६ करोड भारुमा अभिनय गर्दै छिन्।
विद्या र ऐश्वर्यालाई पछारिन्
यो फिल्म हिन्दीमा ‘जया’ र तमिलमा ‘पुरात्चि थलाइवी’ नाममा बनाइने छ। फिल्मको कथा ‘बाहुबली’ र ‘मणिकर्णिका’ जस्ता फिल्मको कथा लेखेका लेखक केवी विजयन्द्र प्रसादले लेखेका हुन। यो फिल्म कंगना भन्दा पहिले विद्या वालन र ऐश्वर्य राय बच्चनलाई अफर गरिएको थियो।
The post कंगना बनिन सबैभन्दा बढी पारिश्रमिक लिने नायिका appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2TTJu9N
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

