भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

संवैधानिक परिषद्ले मुस्लिम आयोगका अध्यक्षमा सिफारिस गरेका समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्रको छानबिन हुने भएको छ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र र पार्टी सदस्यताबारे छानबिन गर्ने निर्णय गरेको हो।
अन्सारीविरूद्ध समितिमा चार वटा उजुरी परेका थिए। समितिले मंगलबार उजुरीकर्तालाई छलफलका लागि बोलाएको थियो। आजको बैठकमा एक जनामात्र उजुरीकर्ता उपस्थित थिए।
उजुरीकर्ताको कुरा सुनेपछि सांसदहरू अमृता थापा मगर र पूर्णकुमारी सुवेदी र राजेन्द्र श्रेष्ठले अन्सारीका कागजात छानबिन गर्नुपर्ने माग गरेका थिए।
समिति सदस्य योगेश भट्टराईले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अन्सारीको नागरिकता, निर्वाचन आयोगबाट उनी नेकपाको सदस्य रहे/नरहेको कागजात र संवैधानिक परिषदबाट उनका शैक्षिक प्रमाणपत्र झिकाउन प्रस्ताव गरेका थिए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको उक्त बैठकले सांसद भट्टराईको प्रस्तावअनुसार अन्सारीका प्रमाणपत्र झिकाउने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिका-९ का स्थायी वासिन्दा अन्सारी पहिला मधेश केन्द्रीत दल राजपामा नेता थिए। गत वर्षको स्थानीय चुनावअघि उनी तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए। पछि उनी नेकपाका केन्द्रीय सदस्य बने। कुनै दलको सदस्यता भएको व्यक्तिलाई संवैधानिक आयोगको अध्यक्ष सिफारिश गर्न नमिल्ने संवैधानिक व्यवस्था छ।
नेताको फेरो समातेर माथि जान खोजेको भन्दै नेकपाका कतिपय सांसदहरू अन्सारीलाई रोक्ने पक्षमा छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BGBVbo via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

