Loading...
Loading...
निर्वाचन आयोगका पदाधिकारी नियुक्तिका विषयमा छलफल सुरु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं– संवैधानिक परिषदले निर्वाचन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिसका विषयमा छलफल सुरु गरेको छ । संवैधानिक परिषदको सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्तिका लागि सिफारिसका सम्बन्धमा छलफल गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्तिका लागि सिफारिसबारे आगामी फागुन १२ गते बस्ने अर्को बैठकले टुंगो लगाउने गरी छलफल गरिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय सभावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगको सदस्यहरुको सिफारिसका विषयमा पनि छलफल गरिएको थियो । परिषदको गत माघ ६ गते बसेको बैठकले ती आयोगहरुको अध्यक्षमा सिफारिस गरेपनि सदस्यहरुबारे भने छलफल गरिएको थिएन । त्यसको नियुक्तिका लागि सिफारिस गर्ने विषयमा पनि छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।
संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषदले संवैधानिक आयोगको  नियुक्तीका लागि गरेको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नुपर्ने हुन्छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IiaB8Z via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.