Loading...
Loading...
निर्मला पन्तका बुबाआमाले धर्ना स्थगित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भीमदत्तनगर – निर्मला पन्तका बुबाआमाले धर्ना स्थगित गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले धर्ना स्थगित गरेका हुन् ।

छोरी निर्मलालाई बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरु गत २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि धर्ना बसेका थिए ।

लामो समयसम्म धर्नामा बस्दा स्वास्थ्यमा समस्या देखिएकाले धर्ना स्थगित गरिएको निर्मलाका परिवारले बताएका छन् । धर्नामा स्थगित गरे पनि न्यायको लडाइँ जारी राख्ने उनीहरुले बताएका छन् ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाका बुवा यज्ञराजले अपराधी जोसुकै भए पनि कारबाही गर्न माग गरे । प्रमाण मेटाउनेलाई विभागीय कारवाहीबाहेक केही नभएको र दोषिलाई उम्काउने गिरोह सक्रिय रहेको उनले बताए ।

धर्ना स्थगित गरेपछि पन्त परिवार उपचारका लागि काठमाडौं जाने तयारीमा छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Tb9yfe via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.