भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ – नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले सरकारले गलत उद्धेश्यका साथ सूचना तथा प्रविधिसम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन् ।
फेसबुक, ट्वीटरसहितका सामाजिक सञ्जाललाई दर्ता गर्ने कुरा ठीक भए पनि यदि ती प्रविधि कम्पनी नेपालमा दर्ताका लागि आएनन् भने के गर्ने भन्ने कुरा प्रष्ट हुन नसकेको उनले जिकिर गरे ।
‘सामाजिक सञ्जालमा सबैभन्दा बढी मलाई होच्चाइएको होला, तर म आफैँ यसलाई स्वतन्त्र ढंगले चल्न दिनुपर्छ भन्ने पक्षमा छु,’ थापाले भने । उनले सरकारले यो विधेयक राजस्व संकलन गर्ने उद्धेश्य भन्दा नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्ने नियतले ल्याइएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ पनि उनले कटाक्ष गर्न भ्याए । ‘प्रधानमन्त्रीले हरेक दिन अरुलाई होच्चाउँदा हुन्छ’, उनले भने, ‘तर त्यसमा टिप्पणी गर्दा जनतालाई कानुनी सजाय दिने प्रस्ताव विधेयकमा राखिएको छ ।’
सांसद थापाले सरकारले ल्याएको विधेयकबाट जनताको मुख थुन्न खोजिएको पनि आरोप लगाए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BR59UR via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

