भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कृषिमा आधारित उद्योगकाे विकासविना देश सम्मृद्ध हुन नसक्ने बताउनुभएको छ ।
भक्तपुरको गठ्ठाघरमा रहेकाे भक्तपुर तरकारी तथा फलफूल बजारको शनिबार उद्घाटन गर्दे अध्यक्ष दाहालले कृषि उत्पादकत्व वृद्धिमा जोड दिनुभएको हो । कृषिमा आधुनिकीरण, विविधिकरण र व्यवसायीकरण नै सम्मृद्धिको मुख्य आधार भएको भन्दै उहाँले कृषि उत्पादकत्व वृद्धि गर्न विज्ञान प्रविधिको प्रचुर प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कृषि उत्पादनलाई व्यवसायीकरण गर्दै उत्पादक र उपभोक्ताको दूरी घटाइ उत्पादन बढाउने विषय महत्वपूर्ण रहेको भन्दै उहाँले कृषिलाई उद्योगको रुपमा विकास गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर कृषि उत्पादनलाई गुणात्मक ढंगले वृद्धि गर्न तर्फ ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयाे ।
कृषि उद्योगको विकास र उत्पादन वृद्धि तथा रोजगारी सिर्जनाको लागि लगानी अनुदान नबढाएसम्म देशलाई सम्मृद्ध बनाउने सपना पूरा हुन नसक्ने बताउनुभयो ।
शिक्षा नीति प्रविधिमैत्री र उत्पादनमुखी नभएका कारण बेरोजगार उत्पादन गर्ने काम मात्रै भएको भन्दै उहाँले प्रविधिमैत्री शिक्षा नीतिमा समेत जोड दिनुभयो । उहाँले विदेशीने युवालाई देशभित्रै उत्पादनमुखी कार्यमा लगाउने हो भने शिक्षामा आमूल परिर्वतन अत्यावश्यक रहेको बताउनुभयो ।
उहाँले स्वदेशको संभाव्यता नहेरी विदेशीनेको जमात देखेर आफै कृषि व्यवसाय गर्न जाउँ कि जस्तो पनि लाग्ने गरेको बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2U0eTD7 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

