भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

पर्वत – आज माघ १६ गते राष्ट्रिय शहीद दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर पर्वतमा भने शहीद दिवसका अवसरमा कुनै पनि कार्यक्रम हुन सकेन ।
गत वर्षसम्म यस दिन कुनै न कुनै सङ्घसंस्थाले कार्यक्रम गरेर सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेको २०६२/०६३ को जनआन्दोलनमा धौलागिरि अञ्चलबाट शहादत प्राप्त गरेका एकमात्र शहीद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गर्दै मनाउँथे ।
तर यस वर्ष भने कुनै पनि सरकारी तथा सामाजिक सङ्घसंस्थाले कार्यक्रम नगरेपछि शहीद गोविन्दनाथ शर्माका भाइ देव शर्मा पौडेलले माल्यार्पण गरी आफ्ना दाजुको सम्झना गरे । ‘कुनै न कुनै सङ्घसंस्थाले त शहीदको योगदानलाई स्मरण गर्लान नि भन्ने लागेको थियो तर बिहान ११ बजेसम्म पनि कसैले केही कार्यक्रम नगरेपछि आफू एक्लै गएर शहीदलाई सम्झिएको हुँ’, उनले भने ।
उनले शहीद शर्माको शालिकमा माल्यार्पण गर्दै स्मरण गरे । शहीद दिवसका दिन गरिएको बिदा कटौतीले वास्तविक शहीदप्रति अपमान भएको पौडेलले बताए । शहीद गोविन्दनाथ शर्मालाई २०६३ वैशाख ८ गते कुश्माबजारमै आन्दोलनका क्रममा गोली लागेको थियो । उपचारका क्रममा उनको वैशाख १२ गते निधन भएको थियो ।
यस वर्ष सङ्घीय सरकार र प्रदेश सरकारले शहीद दिवस मनाउनका लागि कुनै परिपत्र नगरेका कारण पर्वतका कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएको सरकारी अधिकारीले बताएका छन् ।RSS
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HNsKLM via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

