भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं – आमरण अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नभएको
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारसामू बताएकी छन् ।
बुधबार दिउँसो डा. केसीलाई भेट्न शिक्षण अस्पतालस्थित अनसनस्थल पुगेकी उनले डा. केसीको माग पूरा गर्दा कसैको हार नहुने, जनताको जित हुने बताइन् । कार्कीले अघि भनिन्, ‘आज मेडिकलको क्षेत्रमा जुन सुधार आएको छ, यो उहाँकै लडाईबाट आएको हो । त्यसमा अलिकति माथेमा कार्यदलको छ ।’
सरकारले थोरै मागलाई किन अड्काएर जिद्दी गरेको आफूले नबुझेको उनले बताइन् । ‘डा. केसीको माग पुरा गर्यो भने राष्ट्रको जित हुन्छ, प्रधानमन्त्रीको जित हुन्छ’ उनले भनिन्, ‘उहाँको माग पूरा हुन्छ । ढिला गर्नु बेकार छ ।’
प्रधानमन्त्रीले डा. केसीलाई तपाईंको माग पूरा गर्छु भनेर वचन दिएको स्मरण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘डा. केसी सन्यासी हो । आफ्ना लागि केही चाहिएको छैन । उहाँको माग पूरा होस् भन्ने प्रधानमन्त्रीको मनमा पनि लागेको होला ।’
डा. केसीको माग पूरा गर्न ढिला भइसकेको उनले बताइन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Sh1HMH via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

