Loading...
Loading...
फोहोर बढेको भन्दै सफाइ अभियान थाल्न सगरमाथाको आरोहण कटौती गर्दै चीन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं  चीनले सगरमाथा (चोमोलोङमा) मा फोहोर बढेको भन्दै सफाइ अभियान थाल्न यस वर्ष आरोहण कटौती गर्ने भएको छ। एपी (एसोसिएटेड प्रेस)ले सोमबार चीनका सरकारी प्रवक्ताको भनाइ उल्लेख गर्दै एक तिहाइभन्दा बढी आरोहण कटौती गरी फोहोर संकलन, प्रशोधन गरी व्यवस्थापन गरिने जनाएको छ।

विश्वकै सबैभन्दा अग्लो हिमशिखर सगरमाथा (८,८४८ मिटर) उत्तरी बाटो चीन र दक्षिणी बाटो नेपालतर्फबाट मात्र आरोहण हुने गरेको छ। चीनतर्फबाट आरोहण हुँदा मृत्यु भएका आरोहीको शव व्यवस्थापन गर्न र फोहोर सफा गर्न चीनले यस वर्ष अभियान नै चलाउने भएको हो। आउने वैशाख÷जेठ (बसन्त ऋतु) मा हुने आरोहणमा ३ सयभन्दा बढी आरोहीले आरोहण अनुमति नपाउने भएका छन्। सगरमाथा आरोहण क्रममा आरोही र गाइडले बोतल, क्यान, प्लास्टिक झोला, स्टोभ, टेन्ट, अक्सिजन सिलिन्डरलगायत सामाग्री हिमालमै छाड्दा फोहोर बढेको छ।

एपीका अनुसार चीनतर्फबाट सगरमाथालगायत हिमाली क्षेत्रमा वार्षिक ६० हजार पर्यटक र गाइडले भ्रमण गर्छन्। ८ हजार मिटरमाथि अक्सिजन अभावमा बर्सेनि मृत्यु भएका आरोहीका शवको व्यवस्थापन नहुँदा आरोहण प्रतिकूल बन्दै गएकाले यस वर्ष चीनले पहिलोपटक शव व्यवस्थापन गर्ने भएको हो। आरोही लाक्पा शेर्पाका अनुसार नेपालबाट भन्दा चीनबाट आरोहण गर्ने बाटोमा धेरै शव भेटिने बताए। हिमालय डाटाबेस संस्थाको तथ्यांकका आधारमा सन् २०१७ मा चीनतर्फ १ र नेपालतर्फ ५ आरोहीको मृत्यु भएको थियो। सन् २०१७ मा २ सय २ जना चीनबाट र ४ सय ४६ नेपालबाट गरी जम्मा ६ सय ४८ जनाले सगरमाथा आरोहण गरेका थिए।

२०१० जेठ १६ देखि नै आरोही तेन्जिङ नोर्गे शर्पा र एडमन्ड हिलारीको सफल आरोहणपछि सगरमाथा आरोहण सुरु भए पनि सरकारले अझै हिमालको फोहोर सफा गर्न अभियान चलाएको छैन। बर्सेनि हिमालमा फोहोर बढ्दै गए पनि शव र फोहोर व्यवस्थापन नगर्दा आरोहणमा समस्या हुने आरोही दुखेसो पोख्छन्।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CwnF4g via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.