भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का नेताहरु कुरामात्र बेसी गर्ने भएपछि पार्टी एकता नै अलपत्र परेको छ । जेठ ३ गते भएको पार्टीको एकता (नेकपा एमाले र नेकपा माओवादी केन्द्र) बाहेक कुनै प्रगति नगरेका भन्दै पार्टीभित्रै गुनासो बढेको छ ।
केन्द्रीय र स्थायी समिति गठन भए पनि कार्य विभाजन नहुँदा अन्योल छ । स्थानीय तहमा पार्टी एकता भएको अनुभूति हुनै सकेको छैन । यतिसम्म कि अहिलेसम्म सांगठनिक एकता हुन सकेको छैन ।
केवल सरकार संचालनको एकतामात्र भएको जस्तो देखिएको पार्टीको सांगठनिक एकता टुंगो लगाउन स्थायी कमिटीले गठन गरेको कार्यदलको म्यादसमेत पुस मसान्तमा सकिएको छ । कार्यदल समयसीमाभित्र आफूलाई दिएको काम सम्पन्न गर्न असफल भएको छ ।
कार्यदलका सदस्य योगेश भट्टराईको भनाइलाई मान्ने हो भने माघको पहिलो साताभित्रै प्रतिवेदन बुझाइने छ । सांगठनिक एकताका विषय टुंगो लगाउन गठन गरिएको ९ सदस्यीय कार्यदलले गत बिहीबार नै प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसक्नुपर्ने समयसीमा थियो ।
अध्यक्षद्वयले पुस २६ गतेसम्म सांगठनिक एकताको खाकासहित प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । पुस १३ गतेको स्थायी कमिटी बैठकले दिएको कार्यतालिकाअनुसार सोमबारसम्म कार्यदलले बुझाएको प्रतिवेदनमाथि सचिवालय बैठकमा छलफल भइसक्नुपर्ने थियो ।
तर, सचिवालयमा छलफल त परै जाओस्, म्याद सकिँदा पनि कार्यदलले प्रतिवेदन नै दिन सकेन । कार्यदलमा रहेका मन्त्रीहरुको कार्यव्यस्थताका कारण सांगठनिक एकताको प्रतिवेदन बुझाउनमा ढिलाइ भएको बुझिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QNTF9l via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

