भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । सरकारद्वारा निषेधित क्षेत्र घोषणा गरेको सिंहदरबार भित्र नै विरोध जुलुस निकाल्ने तयारीमा रहेका आन्दोलनरत निजामती कर्मचारीहरुको आन्दोलनको स्वरुप बदलिएको छ । उनीहरुले दिउँसो १ बजे संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयबाट शान्तिपूर्ण विरोध जुलुस निकाल्ने भनिएको भएपनि बाहिर सुरक्षाकर्मीहरुको बाक्लो सहभागिता पछि उनीहरुको कार्यक्रमको स्वरुप बदलिएको थियो । ती कर्मचारीहरुले शुक्रबार अपराह्न ३ बजेपछि माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए ।
कुनै पनि कर्मचारी युनियनको अघुवाई विना नै स्वतस्फूर्त रुपमा आन्दोलनमा उत्रिएका यी कर्मचारीहरुले कर्मचारी आन्दोलन दबाउन ट्रेड युनियन खारेज गर्छु भन्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग प्रश्न गरेका छन् । ‘कुनै पनि ट्रेड युनियनको टेकोमा नअडिएका स्वतन्त्र कर्मचारीहरुलाई के गर्नुहुन्छ ?’ एक आन्दोलनकारी कर्मचारीले भने ‘स्वतस्फूर्त रुपमा आन्दोलन गरिरहेका छौं । मन्त्रीले जे सुकै खारेज गरुन् हाम्लाई बाल मतलब ?’ तर, उनले आफ्नो नाम लेखिदिँदा पछि समस्या हुने भन्दै आफ्नो नाम नलेखिदिन आग्रह गरे ।
कर्मचारी समायोजन अध्यादेशको विरोधमा रहेका कर्मचारीहरुले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै निषेधित क्षेत्र सिंहदरबारमा नै विरोध जुलुस निकाल्ने तयारी गरेको भएपनि प्रहरी हस्तक्षेपको संकेत पाएपछि उनीहरुको कार्यक्रम स्थगित भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BQ0aDg via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

