Loading...
Loading...
नेपाली बोइङ २ महिनादेखि मलेसियामै, निगमलाई व्ययभार बढायो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान काठमाडौं नफर्केको बुधबार दुई महिना नाध्यो । अझै मर्मत गरेर ल्याइने टुंगो लागिसकेको छैन । निगम व्यवस्थापनले बेलैमा मर्मत गर्न सामान झिकाउन नसकेपछि दुई महिना मलेसियामा अलपत्र परेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निगमले पुस पहिलो साता यो विमान बिक्री गर्ने प्रक्रिया थालिसकेको विवरण पठाइसकेको छ ।

नेपाली नाम गण्डकी दिइएको यो ३१ वर्ष पुरानो बोइङको इन्जिन एक्सरे गराउनुपर्ने भएपछि कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले विमान काठमाडौंबाट क्वाललमपुर पुर्‍याएका थिए । त्यसबेला इन्जिनियरले ‘दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने’ भनेका थिए । क्लालालमपुरस्थित निगमले ट्रान्जिट प्वाइन्टमा विमान मर्मत गराउने जिम्मा दिएको डेभिएसन कम्पनीले यस विमानको दायाँ इन्जिन एक्सरे गर्दा गडबडी देखाएको थियो ।

१ सय ९० यात्रु सिट क्षमता भएको विमान बेलैमा नल्याइँदा उता पार्किङ शुल्कलगायतको बिलले निगमको व्ययभार बढाएको छ । ‘छ जना नेपाली इन्जिनियर पनि मलेसियामा दुई सातादेखि छन्,’ निगमका ती अधिकारीले भने, ‘उनीहरूको दैनिक भत्ता, मलेसियन कम्पनीको ज्यालालगायतको खर्च कति पुग्ने हो, अहिल्यै आकलन गर्न सकिन्न ।’ यो विमान पछिल्लो पटक ‘ब्याकअप’ का रूपमा प्रयोग हुँदै आएको थियो । अहिले उडानमा रहेका चार वटा एयर बसमध्ये कुनै ग्राउन्डेड हुँदा वा कुनै विमान ढिला हुँदा यसलाई उडानमा पठाइन्थ्यो । यसबाहेक यो बोइङलाई निगमले हङकङ र दुबईबाहेक प्रायस् सातामा ३र३ दिन भारतको बैंगलोर र थाइल्यान्डको बैंकक उडाउँथ्यो ।

बैंगलोरको दुईतर्फी उडानमा यसले ३७ लाख हाराहारी र बैंककको उडानमा ५० लाख हाराहारीको आम्दानी गर्थ्यो। यो विमान मलेसियामा थन्किएपछि अहिले एयर बसका न्यारो र वाइडबडीमार्फत ती रुटमा उडान मिलाइएको छ । दिल्लीबाट मंगलबार बिहान काठमाडौं फर्किंदै गरेको निगमको पहिलो वाइड बडी विमान ९अन्नपूर्ण० को पखेटामा डेन्ट देखिएपछि ग्राउन्डेड गरिएको छ । त्यो विमान पनि ग्राउन्डेड भएपछि तीन वटा एयर बसले ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भरिरहेका छन् । अहिले निगमले ३ घण्टासम्म डिले गरेर सेवा दिनुपरेको निगमको एयर बसका एक पाइलटले बताए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ThzamT via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.