Loading...
Loading...
अमेरिकी विश्वविद्यालयमा कुलचन्द्र गौतमको पुस्तक पाठ्यक्रमभित्र समावेश
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । अमेरिकाको अग्रणी  वाणिज्यशास्त्र विश्वविद्यालय ‘बेन्टले युनिभर्सिटी’ले कुलचन्द्र गौतमको जीवन भोगाइमा आधारित पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मी : माइ जर्नी फ्रम दि हिल्स अफ् नेपाल टु दि हल्स अफ् युनाइटेड नेशन्स’लाई आफ्नो पाठ्यक्रमभित्र समावेश गर्ने भएको छ ।

म्यासाचुसेट्स् राज्यको वाल्थाममा रहेको विश्वविद्यालयले वाणिज्य शास्त्रअन्तर्गत स्नातकोत्तर तहका विद्यार्थीलाई विश्वमामिला बुझाउने पाठका रुपमा पुस्तकको चयन गरेको हो । यो पुस्तक केही महिनाअघि मात्र पब्लिकेशन्स नेपालयले प्रकाशित गरेको थियो ।

विश्वविद्यालयका प्राध्यापक डोनाल्ड मेक्नमारका अनुसार गौतमको जीवनी एक अन्तर्रा्ष्ट्रिय प्रशासकको रोचक भोगाइहरुको रुचीपूर्ण वर्णन मात्र नभै यसले संयुक्त राष्ट्रसंघको कार्यप्रणालीबारे समेत पाठकलाई विस्तारमा जानकारी गराउँछ ।

‘पुस्तकले राष्ट्र संघमा तपाईँको यात्रालाई विशिष्ट तवरले बयान गरेको छ’, प्राध्यापक मेक्नमारले पत्र लेख्दै गौतमलाई जानकारी दिएका छन्, ‘यसको रोचक र जानकारीमूलक पाटोले आकर्षित गरेपछि हामीले पाठ्यक्रममा समेट्ने निधो गरेका हौँ ।’

विश्वविद्यालयअन्तर्गतको ‘बिजनेश स्कुल’मा यसको पढाइ हुन लागेको हो । यो शिक्षण संस्था अन्तर्राष्ट्रिय जगतमा वाणिज्य शास्त्रका विद्यार्थीहरुलाई नयाँ नेतृत्वका हिसाबले तयार पार्न विश्वमामिलामा दरिलो पहुँच, उच्च नैतिक बल र विषयगत समझमा केन्द्रित रहेको जानकारी पनि प्राध्यापक मेक्नमारले पत्रमा उल्लेख गरेका छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SrRbit via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.