भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

कञ्चनपु्र – निर्मला हत्या प्रकरणमा गल्ती गर्ने सबै प्रहरीमाथि कारबाही हुने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनुभएको छ ।
आइतबार महेन्द्रनगर पुग्नुभएका प्रहरी महानिरीक्षक खनालले नागरिक समाज र पत्रकारसँगको भेटघाटका क्रममा निर्मलाको घटनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न प्रहरीमाथि कारबाही अगाडि बढाइएको बताउनुभएको हो ।
उहाँले माथिल्लो तहका प्रहरीमाथी विभागले कारबाही गरेको बताउँदै कार्बाहीका लागि अपराध अनुसन्धान विभागमा पत्राचार गरिसकेको बताउनुभयो ।
‘उच्चस्तरीय छानबिन समिति र प्रहरीको आन्तरिक छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका प्रहरीमाथि कारबाहीका लागि हामीले प्रक्रिया अगाडि बढाइसकेका छाैं’, उहाँले भन्नुभयो ‘त्यसमा संलग्न देखिएका माथिल्लो तहलाई विभागले कारबाही गर्छ । तल्लो तहका कर्मचारीलाई कारबाहीका लागि जिल्ला प्रहरीमा पत्राचार गरेको छु ।’
उहाँले निर्मलाको घटना र अनुसन्धानको पाटो सबैको चासोको विषय भएको बताउँदै त्यसमा संलग्न व्यक्ति कुनै पनि हालतमा नउम्किने बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CHifox via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

