Loading...
Loading...
नेकपा स्थायी समितिमा राजनीतिक र सांगठनिक बहस , अध्यक्ष ओली र दाहालले आज जवाफ दिने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । पार्टी एकताको आठ महिनापछि पहिलोपटक सत्तारूढ नेकपामा राजनीतिक र सांगठनिक बहस भइरहेको छ । बैठक नबोलाइएको भनेर स्थायी समिति सदस्यबाट तीव्र आलोचना खेपेका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले यसपटक मन फुकाएर नेताहरूलाई बोल्न दिएका छन् ।

आठ दिनसम्म चलेर आइतबारदेखि ब्रेक लागेको बैठक बुधबार बस्दै छ । अब अध्यक्ष ओली र दाहालले जवाफ दिनेछन् । एकतापछि पहिलोपटक भएको यो स्तरको छलफलले सत्तारूढ पार्टी र त्यसको नेतृत्वसामु केही प्रश्न तेस्र्याएको छ । जसको जवाफ नेतृत्वले दिनुपर्नेछ ।

पार्टीभित्र चर्को गुटबन्दी बढेको र त्यसको नेतृत्वकर्ता ओली भएको आरोप माधव नेपाल पक्षका नेताले लगाएका छन् । गुटबन्दीको नजरले मात्र हेर्ने नेतृत्वको कार्यशैली रहेको आरोप घनश्याम भुसाल, योगेश भट्टराईलगायतले लगाएका छन् । उनीहरूलाई नेता नेपालको पनि साथ छ । नेपालले बोल्ने क्रममा प्रदेश कमिटीको गठनलगायतमा यसअघि आफूले राखेको असन्तुष्टिको प्रसंग उठाएका छन् । जुन कुरा ओलीनिकट नेताहरू मान्न तयार छैनन् ।

नेकपा बैठकमा उठेको अर्को विषय हो, दिगम्बर झालगायतको नियुक्ति र प्रधानमन्त्रीको भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता । झाको नियुक्तिले भ्रष्टाचार नियन्त्रण गर्ने भन्ने कुरा कसैले नपत्याउने नेताहरूले बताए ।

नेतृत्वलाई जोगाउने कि खुइल्याउने ?
वामदेव गौतमले बैठकमा १६ पृष्ठ लामो छुट्टै प्रतिवेदन पेस गरेका छन् । त्यसमा नेतृत्वको तीव्र आलोचना गरिएको छ । गौतमले सुुरुकै दिन अध्यक्षको आलोचना गरेपछि त्यसपछि बोल्ने असन्तुष्ट नेताले पनि उनीहरूको कार्यशैलीप्रति व्यापक प्रश्न उठाए । बैठकमा नेतृत्वलाई खुइल्याउने कि राम्रो कामको प्रशंसा गरेर जोगाउने पनि भन्ने प्रश्न उठेको छ ।

बैठकमा अध्यक्षहरूले सचिवालयलाई पार्टीको मुख्य नेतृत्व ‘कोर अफ द लिडरसिप’ भनेर प्रतिवेदनमा व्याख्या गरेका छन् । यो व्याख्याअनुसार पार्टीको मुख्य राजनीतिक निर्णय सचिवालयले गर्ने भन्ने हो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EIinFP via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.