भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम सस्तो प्रचारबाजीका कारण सुरुवाती चरणमै थिल्थिलो बनेको छ । चिया उद्योगीहरुले सामाजिक सुरक्षा कार्यक्रम मान्दैनौं भन्दा संसदीय समितिमा तीन दिनअघि श्रममन्त्री गोकर्ण विष्टसँग भनाभन नै भयो । तर, सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेलगत्तै सरकारले फेरि अर्को ‘रोजगार योजना’ सार्वजनिक गर्न लागेको छ ।
संविधानले सबै नागरिकलाई रोजगारीको हकको ग्यारेन्टी गरेको बताउँदै ओली सरकारले यसै आर्थिक वर्षबाट लागू गर्ने कार्यक्रमको नाम हो– ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ । यस कार्यक्रमअन्तरगत सबै बेरोजागार नागरिकलाई सय दिनको रोजगारी दिने, नसके ५० दिनको पारिश्रमिक बराबरको निर्वाह भत्ता उपलब्ध गराउने सरकारको दाबी छ ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले यो कार्यक्रम लागू गर्न आन्तरिक तयारी गरिरहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
अहिले सरकारसँग देशभर कति युवा बेरोजगार छन् भन्ने तथ्यांक छैन । वर्षमा नेपालमा कति शैक्षिक बेरोजगार बजारमा आउँछन् र बजारमा मागअनुसारको जनशिक्त आपूर्ति भइरहेको छ/छैन भन्ने जानकारीसमेत सरकारलाई छैन ।
तर, रोजगार कार्यक्रमले देशभित्र नै रोजगारीको अवसर खोज्न सरकारलाई जिम्मेवार बनाउने र युवालाई पनि सबैखालका श्रमप्रतिको सम्मान बोध हुने श्रम मन्त्री गोकर्ण बिष्टले दाबी गरे । उनले भने– ‘कुन देशको रोजगारी कहिले खुल्छ भनेर अब नसोध्नुस्, अब देशभित्रै कहिले रोजगारी पाइन्छ भनेर सोध्नुस् ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rQkxeL via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

