भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डौँ । पुस ३ गतेबाट लागु भारतको केन्द्रीय उर्जा मन्त्रालयले अन्तरदेशीय विद्युत व्यापार निर्देशिकामा परिवर्तन गरेको छ।
उक्त निर्देशिका लागु भएसँगे नेपालको बिजुली भारतमा बेच्न सहज हुने भएको छ।
यसअघि २०७३ मंसिरमा जारी निर्देशिकाले नेपालबाट बिजुली बेच्न दोहोरो सर्त लगाएको थियो।
ती सर्त बमोजिम भारतले किन्ने नेपालको बिजुलीको उत्पादन र व्यापारमा कम्तिमा ५१ प्रतिशत भारतीय लगानी आवश्यक पर्ने वा भारतले किन्ने बिजुली नेपाल सरकारको पूर्ण लगानीमा उत्पादन भएको हुनुपर्ने थियो। त्यस्तै नेपालमा विद्युतको ब्यापार गर्ने कम्पनी जसमा भारतीयको ५१ प्रतिशत सेयर छ भने बिजुली भारतमा बेच्न सकिने निर्देशिकामा उल्लेख थियो।
देशबीच भएको विद्युत व्यापार सम्झौताको मर्म विपरित भएको भन्दै नेपाली पक्षले त्यतिबेलै निर्देशिका परिवर्तन गर्नु पर्ने बताएको थियो। निर्देशिका संशोधन गर्न उर्जा मन्त्रालयले भारतलाई चिठी नै पटाएको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2T4JXB1 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

