भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । नेकपाका वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनाल पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालमाथि खनिएका छन् । जारी स्थायी समिति बैठकमा शनिबार उनीहरूले अध्यक्षद्वयको पार्टी तथा सरकार सञ्चालन कार्यशैलीप्रति व्यापक असन्तुष्टि व्यक्त गरे ।
सरकार सञ्चालनमा पार्टीको भूमिका रहनुपर्ने माग गरे । नेताद्वयले पार्टी पद्धतिलाई ख्याल गरेर अघि बढ्न अध्यक्षहरूलाई चेतावनी दिए । ‘सरकारलाई पार्टीले चलाउने व्यवस्था हुनुपर्छ,’ नेपालले भने, ‘यो पार्टी एक दुई जनाले मात्र बनाएको होइन, सबैको पार्टी हो भन्ने बुझेर काम गरौं ।’ उनले पार्टीभित्र जिम्मेवारी बाँडफाँटमा विधिभन्दा व्यक्ति हेरिएको भन्दै आपत्ति जनाए ।
प्रदेश इञ्चार्ज र अध्यक्षहरूको जिम्मेवारी सचिवालयले तोक्दा पनि नेपालले पार्टीमा असहमति पत्र बुझाएका थिए । त्यही विषयलाई उनले बैठकमा दोहोर्याए । एउटै विधिभन्दा व्यक्ति हेरेर निर्णय गरिएको भन्दै त्यस्ता निर्णय सच्याउन माग गरे । प्रदेश सरकारको जिम्मेवारी लिएकालाई पार्टीको मुख्य जिम्मेवारी दिन नहुने धारणा उनको थियो । गण्डकी र प्रदेश ५ का मुख्यमन्त्रीहरू पृथ्वी सुब्बा गरुङ र शंकर पोखरेललाई प्रदेश इञ्चार्ज बनाएकोमा नेकपाभित्र व्यापक असन्तुष्टि छ । नेपाल पनि यो निर्णयको विपक्षमा छन् ।
खनालले पनि अध्यक्षहरूको प्रतिवेदन र सरकार एवं पार्टी सञ्चालन पद्धतिमा आपत्ति जनाए । ‘पार्टीको उचाइअनुसार प्रतिवेदन आएन, परिमार्जन गर्नुपर्छ,’ उनले भने । प्रतिवेदनमा भएको ‘जनताको जनवाद’ भन्ने कार्यक्रम पुरानो भन्दै विरोध गरे । समाजवादको कार्यक्रम हुनुपर्नेमा खनालको जोड थियो ।
सरकारले गर्ने राजदूतलगायत विभिन्न नियुक्तिको ‘मापदण्ड के हो र? ’ भन्दै उनले प्रश्न गरे । पछिल्ला नियुक्तिहरू पार्टीसँग कुनै चासो नराखी भइरहेका छन् । पार्टी लाइनभन्दा फरक र विवादित व्यक्तिलाई नियुक्ति दिन थालिएको भन्दै नेताहरू असन्तुष्ट छन् । त्यही विषयलाई खनालले बैठकमा जोड दिएका हुन् । उनले पार्टी एकताको कामलाई पूर्णता दिन माग गरे । एउटै विधि र प्रक्रियाअनुसार जिम्मेवारी बाँडफाँट हुुनुपर्नेमा उनको जोड थियो । अध्यक्षहरूको प्रतिवेदन परिमार्जनका लागि कार्यदल गठन गर्नुपर्ने उनले बताए । ‘पार्टी एकताको ७ महिना बितिसक्दा पनि मूल राजनीतिक प्रतिवेदन आउन सकेन,’ उनले भने, ‘सरकार जनअपेक्षाअनुसार ठीक ढंगले चल्न सकेन ।’
नेताद्वयले नेतृत्वको आलोचना गरे पनि सचिवालयका अन्य दुई नेता महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाले राम्रो काम भइरहेको भन्दै प्रशंसा गरे । पौडेलले अध्यक्षहरूले ल्याएको प्रतिवेदन समयोचित र यथार्थपरक रहेको बताए । उनले आत्मालोचना गर्नै नहुने उल्लेख गरे । अन्य केही नेताले सरकार र पार्टीको काम राम्रो नभएको भन्दै आत्मालोचना गर्नुपर्ने माग बैठकमा गरिरहेका छन् । त्यसलाई संकेत गर्दै महासचिव पौडेलले सबै राम्रो काम मात्र भइरहेको दाबी गरे ।
पार्टीभित्र तीव्र गुटबन्दी भएको आरोपको पनि उनले खण्डन गरे । सबै निर्णयहरू पार्टी सचिवालयबाट औपचारिक रूपमै भएको दाबी गरे । कमिटीले निर्णय गरेका विषयलाई गुटबन्दीको आरोप लगाएको भन्दै पौडेलले बैठकमा आपत्ति जनाए । प्रतिवेदन पुनर्लेखन भन्ने माग आधारहीन भएको उनको भनाइ थियो । यसअघि अध्यक्षले गुटबन्दी गरेको भन्दै नेता घनश्याम भुसालले कडा टिप्पणी गरेका थिए । त्यसलाई संकेत गर्दै महासचिव पौडेलले आपत्ति जनाएका हुन् । गृहमन्त्री थापाले राजनीतिक प्रतिवेदन सही भएको बताए । सरकारले लिएको नीति ठीक रहेको र त्यसैअनुसार काम भइरहेको उल्लेख गरे । संविधानविरोधी र आपराधिक तत्त्वलाई नियन्त्रण गर्न सरकार सफल रहेको थापाको भनाइ थियो । प्रतिवेदनले मूलभूत रूपमा सबै कुरा समेटेकाले त्यसमा परिमार्जन आवश्यक नरहेकोमा उनले जोड दिए ।
नियुक्ति बदर माग गर्दै ४४ जनाको ज्ञापन
नेकपाका ४३ केन्द्रीय सदस्यले दिगम्बर झासहितका विवादित व्यक्तिको नियुक्ति बदरका लागि सरकारलाई निर्देशन दिन पार्टीसमक्ष माग गरेका छन् । बैठक चलिरहेका बेलामा उनीहरूले अध्यक्षहरूलाई सम्बोधन गर्दै शनिबार ज्ञापनपत्र बुझाएका हुन् ।
जारी बैठकबाटै नियुक्ति बदरका निर्णयका लागि निर्देशन दिन स्थायी समिति सदस्यलाई उनीहरूले ध्यानाकर्षण गराए । यसै विषयमा यसअघि २१ केन्द्रीय सदस्यले ज्ञापन बुझाएका थिए । त्यही टोलीमा अब अन्य केन्द्रीय सदस्य पनि थपिए । उनीहरूले सरकारको सिफारिसमा विवादित व्यक्तिले पदक पाएको भन्दै खोस्न माग गरे । ‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकालाई यथाशीघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीका तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने विनम्र अनुरोध गर्न चाहन्छौं,’ ज्ञापनमा भनिएको छ ।
केन्द्रीय सदस्यहरू विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, नीरज आचार्य, कृष्ण केसी, माधव अर्याललगायत ४२ जनाले बुझाएको ज्ञापनपत्रमा एनसेल करछली लगायतका राजस्व छली गर्नेलाई कारबाही गर्न माग गरिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EEwNXm via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

