Loading...
Loading...
दशैँ नजिकिएसँगै गाडिले क्षमताभन्दा बढी यात्रु बोक्न थाले, ज्यान जोखिममा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

गाईघाट । बडादशैँ नजिकिएसँगै सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्न थालेका छन् । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण ज्यान जोखिमको डर रहेको छ ।

गाईघाटदेखि साउने, खाँबु, रौता, मुर्कुची, नेपालटार, गाईघाट सल्ले तथा फोक्सिङटारसम्म सञ्चालित अधिकांश सवारीसाधनले जबर्जस्ती क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका खाबुका हेमप्रसाद भट्टराईले बताउनुभयो । गाईघाटदेखि पूर्वी क्षेत्रको बेल्टार, रामपुर ठोक्सिलातर्फ सञ्चालन हुने सवारीसाधनले पनि छतमा समेत यात्रु बोक्ने गरेको पाइएको छ । “कोचीकोची यात्रु हाल्ने गरेका छन्, छतमा समेत यात्रु चढाउँदा दुर्घटनाको खतरा बढेको छ,” रौता भुटारका कृष्ण ठकुरीले भन्नुभयो ।

जिल्लाका अधिकांश सडक कच्ची रहेका छन् । वर्षाका कारण भत्किएका सडक मर्मत नहुँदा दुर्घटनाको खतरा छ । सवारीसाधनभित्र र छतमासमेत क्षमताभन्दा बढी यात्रु राख्दा ज्यान जोखिमको डर छ । “छतभरी समेत यात्रु राख्ने गरिएको छ,” ठकुरीले भन्नुभयो । चालक देवेन्द्र मगर चाडपर्वको समयमा यात्रुको चाप बढी हुँदा समस्या हुने गरेको बताउनुहुन्छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2A3QZ2g via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.