भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एकाध घटनालाई दिएर सिंगो प्रहरी संगठनको मानमर्दन नगर्न आग्रह गरेका छन् । प्रहरी संगठनको मूल्यांकन गुण र दोषका आधारमा हुनुपर्ने उनले बताए । ६६ औं प्रहरी दिवसको अवसरमा बिहीबार प्रधान कार्यालय नक्शालमा आयोजित कार्यक्रममा आईजीपी खनालले गत वर्ष ९० प्रतिशत अभियुक्त पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन सफल भएको बताए । उनले भने, ‘यो तथ्यांकले प्रहरीको सक्रियतालाई प्रतिविम्बित गर्छ ।’
बाल यौनदुराचारमा संलग्न प्रभावशाली विदेशी नागरिकलाई पक्राउ गर्नु, नक्कली नेपाली नोटका कारोबारी, लागू औषध तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोह, सिरियल किलर पक्राउ लगायतका घटनामा प्रहरीले सफलता हात पारेको उनले बताए । ‘भूमिगत संगठनको आवरणमा हुने अपराध र राजनीतिक दलको आवरणमा हुने चन्दा आतंक रोक्न प्रहरी सफल भएको छ,’ उनले भनेका छन् । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई लिएर प्रहरीको आलोचना भइरहेकोतर्फ संकेत गर्दै खनालले प्रहरी संगठनमै पनि शुद्धीकरणको अभियानलाई सशक्त बनाएको बताए । ‘प्रहरी संगठनको मूल्यांकन गुण र दोषका आधारमा हुनुपर्छ,’ खनालले भने, ‘दुई जना प्रहरीको दोष र केही घटनामा आशातित सफलता पाउन नसकेको विषयलाई समग्र संगठनसँग जोड्ने र प्रहरीको असफलताका रुपमा ब्याख्या गरिँदा हजारौं इमान्दार र कर्यव्यनिष्ट प्रहरीको मानमर्दन हुन पुग्छ ।’
अनुसन्धान जनधारणा भन्दा विज्ञको रायमा भर पर्ने र यसमा समयसीमा तोक्न नसकिने उनले बताए । प्रहरीले हरेक अपराधको अनुसन्धानलाई सही निष्कर्षमा पुर्याइछाड्ने भन्दै उनले भने, ‘धर्यता अपराध अनुसन्धानको बलियो धरातल हो भन्ने भुल्नु हुँदैन ।’अपराधको शैली परिवर्तन भएको र खुला सीमाका कारण सहजै उम्कन सक्ने गरेको अवस्था रहेको तर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् । आईजीपी खनालले सुरक्षामा हुने खर्च अनुत्पादक लगानी हो भन्ने सोच त्यागेर आधुनिक, व्यवसायीक र दक्ष प्रहरी संगठन बनाउनुपर्नेमा जोड दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IPUwUq via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

