भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ ।
गृहमन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुबैलाई बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको छानबिनमा लापर्वाही गरेको भन्दै विष्ट र भट्टलाई प्रहरी सेवाबाटै बर्खास्त गरिएको हो । उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा बिहीबार गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले विष्ट र भट्टसँग दुई पटक स्पष्टिकरण सोधे पनि उनीहरुबाट चित्तबुझ्दो जवाफ नआएकाले सेवाबाटै बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।
छानबिनका क्रममा उनीहरुले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको पनि गृहमन्त्रालयको ठहर छ । प्रहरी महानिरीक्षकसमेतको टोलीले स्थलगत अध्ययन गर्दा घटनामा सम्बद्ध प्रहरी कर्मचारीले नै अनुसन्धानका क्रममा सामान्य कानुनी व्यवस्थासमेत पालना नगरेको तथ्य फेला परेको थियो ।
तत्कालबाट प्रहरीबाट अनुसन्धान र खोजतलास हुनुपर्नेमा प्रहरीबाट नै लापर्वाही भएपछि अनुसन्धान प्रक्रिया नै प्रभावित भएको थियो । घटनासँग सम्बन्धित प्रमाण हुन सक्ने वस्तु भित्री वस्त्रहरु पानीमा चोपलेको, गुप्ताङ्ग र तिघ्रा पखालेको र वस्त्र नै गायब गर्ने कामसमेत प्रहरीले नै गरेको आरोप लागेको थियो ।
त्यस्तै नेपालमै नरहेका मृतकका बाबुको दस्तखत गराइको र मृतकको अन्त्येष्टिका लागि दबाब दिएको प्रहरीमाथि गम्भीर आरोप छ । विष्ट र भट्टलाई भविष्यमा सरकारी जागिर खानका लागि अयाेग्य नठहरिने गरी प्रहरी सेवाबाट बर्खास्त गरिएकाे गृह मन्त्रालयले जनाएकाे छ ।
गएको साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।
गृह मन्त्रालयकाे विज्ञप्ति
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PlaQCs via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

